Bisal Chautari Logo

किरात राई पत्रकार संघको नयाँ कार्यसमितीे अध्यक्षमा दिपेन्द्र

- ८ भाद्र २०७१, आईतवार १५:३६ मा प्रकाशित


Kirat Rai Patrakar Sangh Deependra Rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र ८ आइतबार । किरात राइ पत्रकार संघको एतिहासिक तेश्रो राष्ट्रिय अधिवेशनले दिपेन्द्र राईलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । किरात राई पत्रकारहरुको साझा छाता संगठन किरात राईपत्रकार संघको तेश्रो राष्ट्रिय अधिवेशनको उद्घाटन शत्रपछि शुरुभएको बन्दशत्रले आगामी निति तथा कार्यक्रमहरु निर्धारित गर्दै सर्वसम्मत नेतृत्व चयन गरेको हो । Kirat Rai Patrakar Sangh Deependra Rai
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गणेश साम्पाङ, उपाध्यक्षमा भोटराज राई, कुम्भराज राई र खुसी राई निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा प्रकाश खालिङ, सचिवमा बुद्धवीर बाहिङ, अवतार राई, भक्त राई र रीता राराहाङ चयन भएका हुन् । यसै गरी कोषाध्यक्षमा प्रकाश राई र सह–कोषाध्यक्षमा विशाल राई निर्वीरोध चयन भएका हुन् । सदस्यहरुमा डीबी खालिङ, गणेशकुमार राई, सरिता पुमा राई, सौखिन बान्तवा राई, भीम राई, प्रकाशसिं राई, सन्दीप झझल्को राई, सचिन राई, प्रतीक्षा बान्तवा, गोविन्द राई र अमित राई रहेका छन् ।

[gss ids=”5087,5088,5089,5083″]

सागठानीक, आर्थिक, र विधान संशोधनको कार्यक्रम सकिएपछि निर्वाचन प्रकृयामा प्रवेश गर्नु पर्ने परिपाटीलाई तोड्दै मातृसंस्था मानिएको किरात राई यायोक्खाका प्रतिनिधीहरुले अध्यक्ष मण्डलको नामबाट हललाई हस्तक्षेप गरेको थियो । विधान सम्मत नेतृत्वका आकांक्षीहरुलाई प्रतिस्प्रधा गर्न नदिई सहमतिको पहल गराउने नाममा रातभर प्रतिनिधीहरुलाई अलमलाएको भन्दै प्रतिनिधीहरुले सर्वसम्मत नेतृत्व चयन गरेका हुन ।
किरात राई पत्रकार संघ आफैमा अविछिन्न उत्ताराधिकारवाला संस्था रहेको र आफुहरुले आफ्रनो नेतृत्व चुन्न पाउनु पर्ने प्रतिनिधीहरुको मागलाई वेवास्ता गरेपछी यस्तो अवस्था आएको नव निर्वाचित अध्यक्ष दिपेन्द्र राईले जानकारी दिए । नव निर्वाचित अध्यक्ष राईका अनुसार किरात राई पत्रकार संघको गठन नेपालको संस्था दर्ता ऐन २०३४ अनुसार स्थानिय अधिकारीको स्विकृतिमा गठन भएको संस्था हो । भने मातृसंस्था भनिएको किरात राई यायोक्खा पनि त्यही कानुनको सिरानी लाएर गठन भएकाले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । यो हस्तक्षेपलाई प्रतिनिधीहरुले उल्टयाएको भन्दै केन्द्रिय समितिको पहिलो बैठकले यस्तो प्रकारको हस्तक्षेप बन्द गर्ने प्रतिवद्धता किरात राई यायोक्खाले नगरेसम्म किरायाको कुनै पनि समचार सम्प्रेषण नगर्ने निर्णय गरेको छ । सम्मानित हलमा आफुहरुलाई अर्कमण्यतामा राखेर गोजीवाट समित बन्ने प्रचलन आएकोमा चिन्ता व्यक्त गर्दै निवर्तमान महासचिव राजेश कुलुङले यस्तो घटना दुखद भएको बताए ।

प्रतिक्रिया