बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ आषाढ २० शुक्रवार। यहि असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । देशभक्ति भावनाको कथावस्तु समेटिएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई,आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानले अभिनय गरेका छन् ।
जरसिंह पौवास्थित साँगा चोकमा खिचिएको गीतमा विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र कमल रसाइलीको गायन रहेको ।गीतले चलचित्रको कथावस्तु दर्शाउँछ ।कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा २०० जति राष्ट्रिय झण्डाको प्रयोग गरिएको छ ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।चलचित्रमा नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको पनि अभिनय रहेको छ।
मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ ।सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।चलचित्रलाई आर आर फिल्मसले वितरण गर्दैछ।
प्रतिक्रिया