Bisal Chautari Logo

‘सिटामोल’को मर्मस्पर्शी टिजर सार्वजनिक

- १६ असार २०८२, सोमबार १७:४१ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ आषाढ १६ सोमवार।
आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ । आइतबार परेको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा सिनेमाको १ मिनेट ४९ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको छ ।

‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ हरफबाट सुरु हुने सिनेमाको मर्मस्पर्शी टिजरबाट निर्देशक राज बहादुर सानेले कथावस्तुबारे प्रकाश पारेका छन् । टिजरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको बालापनदेखिको सम्बन्ध विवाहमा परिणत भएपछि आउने उतार चढावले दर्शकमाझ उत्सुक्ता पैदा गर्न सफल देखिन्छ ।

सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।

प्रतिक्रिया