Bisal Chautari Logo

सुनिता र अनुशीलको ‘आरोही’ विमोचित

- ७ भाद्र २०७१, शनिबार २०:११ मा प्रकाशित


Sunita Pradhan and Anushil Shrestha albam
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र ७ शुनिबार । नेपाली सांगीतिक क्षेत्रमा ‘आरोही’ एल्बम मार्फत नया गायिकाको आगमन भएको छ । विगत १६ वर्षदेखि हङकङमा बस्दै आएकी नव गायिका सुनिता प्रधान लिम्बूको पहिलो एकल अल्बम ‘आरोही’ श्रोतामाझ आएको छ । आज राजधानिमा आयोजित एक पत्रकार सम्मेलनको आयोजना गरी एल्बमको विमोचन गरिएको छ । Sunita Pradhan and Anushil Shrestha albam (2)
पत्रकार तथा गीतकार अनुशीलसँगको सहकार्यमा एक वर्ष लगाएर तयार गरिएको एल्बम ‘आरोही’ लाई कुन्ती मोक्तान, संगीता राणा प्रधान, सुक्मित गुरुङ, ज्ञानु राणा, मनिला सोताङ लगायतले विमोचन गरेका थिए । एल्बम विमोचन समारोहमा रत्न शम्सेर थापा, दिप श्रेष्ठ, शक्ति बल्लव, राजेश पायल राई, धिरज राई, सिने गुरुङ, बुलु मुकारुङ, प्रेमध्वज प्रधान लगायत नेपालका चर्चित साङ्गीतिक हस्तिहरु उपस्थित रहेका थिए ।
६ गीत समेटिएको एल्बम विमोचन समारोहमा सदावहार वरिष्ठ गायक दिप श्रेष्ठ, गायिका लोचन भट्टराई, संगीतकार राजु सिह लगायतले एल्वमको बारेमा बोलेका थिए । एल्बम ‘आरोही’मा राजु सिंह, सचिन सिंह, आलोक श्री, हरि लम्साल, कल्याण सिंह, कमल खत्री सहित ६ जना संगीतकारहरूको संगीत सिर्जना रहेको छ । यस एल्बममा फूलमा खोजें तिमीलाई…, आमा…, शहरभरि…, जतिसुकै लुकाउ माया…, हावा जस्तो हलुङ्गो मन…, मतलब छैन… बोलका पप, आधुनिक, लोक–आधुनिक गीत छन्् । एल्बमलाई सान्ताना रेकर्डले श्रोतामाझ ल्याएको हो ।

[gss ids=”5075,5076,5070,5071,5069,5073,5072,5074″]

परदेशमा रहदापनि नेपाली गीत–संगीतमा सक्रिय सुनिताले हङकङमै संगीतकार दिनेश सुब्बासग ५ वर्ष संगीत सिकेको आफ्नो प्रेस विज्ञप्ति लेखेका छन् । अहिले नेपालमा शास्त्रीय संगीतकी गुरुआमा तथा गायिका संगीता प्रधान रानालाई गुरुआमा बनाएर संगीत सिकिरहेको गायिका सुनिताले बताइन् ।
त्यस्तै विगत १८ वर्षदेखि पत्रकारितामा सक्रिय डम्बरकृष्ण श्रेष्ठले साहित्यिक नाम अनुशीलबाट गीत–रचना गर्न थालेको डेढ दशक भइसकेको छ । ‘आरोही’ अनुशीलका शब्द रचनामा पहिलो एकल एल्बम हो । गायक राजेशपायल राईको एल्बम कामना (२०६०) मा ‘को रुदैन होला..बोलको गीतबाट नेपाली साङ्गीतक क्षेत्रमा रचनाकारको नाम थपेका थिए । एल्बममा रहेको राजु सिंहको संगीतको ‘फूलमा खोजें तिमीलाई…’ र कमल खत्रीद्वारा संगीतबद्ध ‘मतलब छैन यो दुनियाको…’ बोलको गीत फुर्वा शेर्पा र नमित चन्दको निर्देशनमा म्युजिक भिडियोपनि सार्वजनिक गरिएको थियो ।  photo by : bisalchautari.com

प्रतिक्रिया