Bisal Chautari Logo

शिल्पा पोखरेल अभिनित गीत ‘डिभोर्स’ सार्वजनिक

- १३ असार २०८२, शुक्रबार २१:५८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, 
२०८२ आषाढ १३ शुक्रवार।
शिल्पा पोखरेलको अभिनय रहेको डिभोर्स कथा बोकेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक प्रमोद खरेल, अनु चौधरी र सुप्रिम मल्ल ठकुरीको स्वर छ । अनमोल विक्रमले लेखेको गीतमा ऋषि खड्काको संगीत छ । गीतको म्युजिक भिडियोमा शिल्पा पोखरेलका साथै विक्रम बुढाथोकी, एलेक्स खड्का र रमेश अधिकारीको अभिनय छ ।

विक्रम चौहानको कथा निर्देशनमा एलबी प्रोडक्सनले सार्वजनिक गरेको म्युजिक भिडियोमा डिभोर्सको कथा र यसको प्रभाव देखाइएको छ । ‘सम्बन्ध टुट्नु सधैं दुखद हुन्छ, तर कहिलेकाहीं टुटफुटकै माझमा आत्म–सम्मान बाँच्छ, स्वतन्त्रता फक्रन्छ, अनि आत्म–परिचय पुनः जन्मिन्छ । हामीले विवाहलाई जीवनको अन्तिम सत्य ठान्यौं, तर कहिलेकाहीँ त्यही विवाह नर्क बन्छ । समाजको डर, लाज, र परम्पराको नाममा धेरैले आफूलाई हराउँदैछन् । तर, एउटा कुरो बुझ्नुपर्छ — अस्वस्थ सम्बन्धमा बाँचेको जीवन, एक्लै बाँचिएको शान्त जीवनभन्दा कहिल्यै महान् हुँदैन,’ निर्माता एलबी प्रोडक्सनले भनेको छ ।

प्रतिक्रिया