Bisal Chautari Logo

चलचित्र ‘आ बाट आमा’मा प्रदीप रावत अनुबन्ध , पलको बुबाको भुमिका गर्दै

- १ असार २०८२, आईतवार १८:२८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,२०८२ आषाढ १ आइतवार।
तेलुगु, हिन्दी र तमिलका अभिनेता प्रदीप रावत नेपाली चलचित्र ‘आ बाट आमा’मा अनुबन्ध भएका छन्। चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यस चलचित्रमा अनुबन्ध भएका हुन्। 

निर्देशक पन्तले प्रदीप रावतलाई चलचित्रमा अनुबन्ध गरेको बताए। उनले भने,‘आ बाट आमा’मा प्रदीप रावतलाई अनुबन्ध गरेका छाँै। उहाँ यो चलचित्रमा पल शाहको बुबाको भुमिकामा हुनुहुने छ। नितान्त नेपाली लोकमा नेपाली स्टायलको भुमिका निवार्ह गर्दै हुनुुहन्छ।’

नेपाली चलचित्रमा काम गर्न आफु निकै उत्साहित रहेको बताए। अभिनेता रावतले यसअघि ‘ह्रस्व दीर्घ’मा अभिनय गरेका थिए। जसमा अभिनेत्री नीता ढुङगानाको बुबाको भुमिका निर्वाह गरेका थिए। जुन क्यारेक्टरलाई दर्शकले मन पनि पराएका थिए। यस चलचित्रमा भने उनी पलको बुबाको भुमिकामा अभिनय गर्न लागेका हुन्। निर्देशक चन्द्रले नै निर्देशन गरेको चलचित्र ‘माई’ र ‘ह्रस्वदीर्घ’मा अभिनय गरेका थिए। 

यस चलचित्रमा यसअघि विपना थापा,पल शाह अनुबन्ध भइसकेका छन्। चन्द्र पन्तकै निर्देशनमा बनेको चलचित्र ‘ह्रस्वदीर्घ’बाट विपनाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन्। उनै निर्देशक पन्तको दोस्रो चलचित्रमा पनि सहकार्य गर्न लागेकी हुन्। 

चलचित्रको स्क्रिप्ट अभिमन्यू निरवीले तयार पारेका हुन भने चलचित्रको भदौबाट फ्लोरमा तयारी निर्माण पक्षको छ। चलचित्रमा प्रदीप,विपना र पलका साथमा अन्य कलाकारहरुलाई निर्माण पक्षले अनुबन्ध गर्ने काम गरिरहेको छ। अन्य कलाकार र प्राविधिकको पनि टुंगो छिट्टै लाग्ने निर्देशक पन्तको भनाई छ। थिम पोस्टर दुई साता अघि सार्वजनिक भएको थियो। निर्देशक पन्तले यो  चलचित्रको प्रदर्शन मिति समेत तोकिसकेका छन्। उनका अनुसार यो चलचित्र आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने छ।

प्रतिक्रिया