Bisal Chautari Logo

गायक हसन राईलाई ‘आँखैमा लाउनु पर्दैन’गीतबाट पूर्वेली लोक आधुनिक ‘बेस्ट सिंगर अवार्ड’

- १ असार २०८२, आईतवार १२:०६ मा प्रकाशित


काठमाडौं । युवा पुस्तामाझ चर्चित बन्दै गइरहेका गायक हसन राईले पूर्वेली लोक आधुनिक विधाको पुरुषतर्फ ‘बेस्ट सिंगर अवार्ड’ उचालेका छन् । ‘आँखैमा लाउनु पर्दैन’ गीतबाट पूर्वेली लोक आधुनिक विधाको पुरुषतर्फ ‘बेस्ट सिंगर अवार्ड’ हात उचालेका हुन् । गत शुक्रबार काठमाडौमा आयोजित ‘अमिन नेशनल म्युजिक अवार्ड २०२५’ मा हसनले अवार्ड प्राप्त गरेका हुन् । नेपाल संगीत उद्योग संघले आयोजना गरेको ‘अमिन नेश्नल म्युजिक अवार्ड २०२५’ चौथो संस्करण हो ।

पूर्वेली लोक आधुनिक विधाको पुरुषतर्फ ‘बेस्ट सिंगर अवार्ड’ उचालेपछि हसनले सामाजिक सञ्जाल मार्फत खुसि ब्याक्त गर्दै दर्शक, श्रोताहरुलाई धन्यवाद दिएका छन् । हसनले फेसबुकमा लेखेका छन्, ‘ लूङटो क्रियसनको प्रस्तुतिमा रहको आँखैमा लाऊँनू पर्दैन गाऊकी छोरी म बोलको गीतले अमीन नेशनल अवार्डको 🏆 चौथो संस्करणको पूर्वेली लोक आधुनिक गीतमा (male version )बिधामा तपाई सम्पूर्ण भगवानरूपी दर्शक श्रोताहरुको माया र आशीर्वादले मैले अवार्ड प्राप्त गर्न सफल भएको छु।उक्त गीतमा The voice of nepal season 6 को उप-बिजेता आदरणीय मेरो प्रिय दाई रोशन राईको संगीत रहकोछ भने बचन राई दाईको शब्द रहको यस गीतमा मेरो प्रिय चेली चर्चित गायिका मेलिना राई र मेरो स्वर रहकोछ,यस अवार्डले मलाई प्रोत्साहन संगै अझ थप जिम्मेवारी बढेको महसूस गरेको छु।अमीन नेशनल अवार्ड जूरी टिम संगै सम्पूर्ण दर्शक श्रोता प्रति हार्दिक आभार ब्यक्त गर्न चाहान्छू।❤️❤️🙏

लुङ्टो क्रियशनको प्रस्तुतिमा पाँच महिना अगाडी लुङ्टो क्रियशन युट्युव च्यानलमा सार्वजनिक भएको यस गीतमा गायक हसनसंगै गायिका मेलिना राईको स्वर रहेको छ । द भ्वाईस अफ नेपाल सिजन ६ का उपविजेता रोशन राईको संगीत रहेको गीतमा बचन राईको शब्द रहेको छ ।
गायक हसनले अहिले सम्म करिव २ दर्जन बढी गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङ समेत गरिसकेका हसनले यो गीतमा दर्शकहरुको माया पाउनेमा ढुक्क रहेको बताए । साङ्गीतिक क्षेत्रमा केहि फरक गीतहरु मार्फत दर्शकमाझ आफु प्रस्तुत भइरहनेपनि हसनले बताए । धरान सुरसाझ कलाकेन्द्र, अलंकार म्युजिक एकेडेमीमा बिनोद प्रियदर्शीसंग संगीत सिकेका हसन पाश्र्व गायनमापनि मोह राख्छन् ।

प्रतिक्रिया