Bisal Chautari Logo

‘लेखेको भावी’को फिमेल भर्सन रिलिज, कुसुम कोयीको निर्देशनमा बिकाश र चाहना रोमान्टिक

- २१ जेष्ठ २०८२, मंगलवार २१:३५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ जेष्ठ २० मंगलवार ।
चर्चित गीत ‘लेखेको भावी’को फिमेल भर्सन सार्वजनिक भएको छ । गायिका सुनिता थेगिमको स्वरमा सार्वजनिक भएको गीतलाई वरिष्ठ गायक, राई इज किङ राजेश पायल राईको स्वरमा २ वर्ष अगाडी नै ल्याइएको थियो । बिकाश संगम राईको शब्द रहेको गीतमा अमर सृष्ठा स्व. बिक्रम राईको संगीत रहेको छ । बिकाश राई युट्युव च्यानलबाट सार्वजनिक भएको गीतलाई राजु कार्कीले मिक्सिङ, मास्टरिङ गरेका छन् ।

गीतको भाव अनुसार बनेको म्युजिक भिडियोलाई कुसुम लता कोयी राईले निर्देशन गरेकि छिन् । कुसुमको कथा तथा निर्देशनमा बनेको म्युजिक भिडियोमा एक लाहुरेको प्रेमिल कथा प्रस्तुत गरिएको छ । कुसुमले बाल्यकालमा देखेको सपनालाई भिडियोमा उतारेको पनि बताइन् । म्युजिक भिडियोमा बिकाश राई र चाहना मगरको जोडी जमेको छ ।

कुसुमले सार्वजनिक गीतको बारेमा बोल्दै आफ्नो गाउँमा बोलिने थेगोहरु राखेर लाहुरेको कथा प्रस्तुत गरेको बताइन् । थप्दै कुसुमले भनिन्, ‘निर्देशनसंगै भोलिका दिनहरुमा अभिनयमा पनि मलाई देख्न सक्नु हुनेछ’ । कुसुमले म्युजिक भिडियोसंगै फिल्म निर्माणमापनि आउने बताइन् ।
‘लेखेको भावी’ म्युजिक भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने दिनेश शाहले सम्पादन गरेका छन् । कुसुमको निर्देशन रहेको म्युजिक भिडियोलाई सुरेश पाण्डेले कोरियोग्राफ गरेका छन् ।

प्रतिक्रिया