Bisal Chautari Logo

महिला बेचबिखन विरुद्ध सानीको प्रिमियर

- २ भाद्र २०७१, सोमबार १५:५१ मा प्रकाशित


sani nepali movie
विशाल चौतारी समाचार 
काठमाडौं, २०७१, भाद्र २ सोमबार । परिवारका कारण बेचिएकी एक युवतीको कथा प्रस्तुत गरिएको चलचित्र ‘सानी’को राजधानीमा आइतबार प्रिमियर शो गरिएको छ । कार्नेट नेपालको प्रस्तुतिमा प्रोमिस प्रोडक्सन फिल्मको व्यानरमा निर्मित फिल्मको प्रिमियर शोको उद्घाटन सूचना तथा सञ्चारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालले गरे ।sani nepali movie
शोको उद्घाटन गर्दै महिला बेचविखन जस्तो अत्यन्त घृणित कामका विरुद्ध जनचेतना जगाउन उद्देश्यले संस्थाले गरेको कामको प्रशंसा गर्दै बेचविखन विरुद्ध आम नेपालीहरु एक जुट हुनुपर्नेमा जोड दिए । चलचित्र हेर्नका लागि सभासद, माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालगायतको उपस्थिति रहेको थियो ।
चलचित्रका लेखक तथा निर्देशक सुनिल पाण्डेका अनुसार सिनेमाले रोजगारीका नाममा गाउाबाट आफन्तले बालिका तथा महिलाहरुलाई शहरमा ल्याएर गार्मेन्ट फ्याक्ट्रीमा काम लगाउने तथा अन्य यौनजन्य क्रियाकलापमा संलग्न गराउने क्रियाकलापलाई प्रस्तुत गरेको छ । ‘यो हाम्रो पहिलो शो हो, यसलाई अहिले व्यावसायिक रुपमा लैजाने सोच बनाएका छैनौं,’निर्देशक पाण्डेले भने,‘अहिले च्यारिटी शो जस्तै गरेर फिल्म प्रदर्शन गर्नेछौं ।’ उनका अनुसार फिल्म सत्यघटनामा आधारित रहेको छ ।
बेनी कार्कीले निर्माण गरेको चलचित्रमा दिलिप गौतम, कञ्चननाथ योगी, सुशिल पोखरेल र सपन श्रेष्ठलगायतले अभिनय गरेका छन् । चलचित्रमा न्यु बज्राचार्यको संगीत, कविराज गहतराजको नृत्य, श्रीकृष्ण विशुंकेको सम्पादन रहेको छ । विगत ९ वर्षदेखि बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको संस्थाले चलचित्रबाट उठेको सम्पूर्ण रकम सामाजिक काममा नै खर्चने जनाएको छ ।

प्रतिक्रिया