बिशाल चौतारी समाचार
काठमाडौं,२०८२ जेष्ठ १० शनिवार। दोस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र ‘के घर के डेरा : घर नं २’ उच्च अकुपेन्सीमा चलिरहेको छ । शुक्रबारबाट यो सिनेमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ ।
पहिलो हप्ताभन्दा दोस्रो हप्तामा ‘के घर के डेरा : घर नं २’लाई दर्शकको उच्च साथ मिलेको छ । शुक्रबार अधिकांश शो हाउसफुल भएका थिए । आज पनि अधिकांश शोमा अकुपेन्सी उच्च रहेको छ ।
“आज पनि अहिलेसम्म अग्रिम बुकिङबाटै अकुपेन्सी उच्च देखिएको छ । डोरसेलसहित गरेर अधिकांश शो हाउसफुल भइरहेका छन्,” वितरक करण श्रेष्ठले भने ।
सकारात्मक वर्ड अफ माउथका कारण दर्शकको संख्या बढेको निर्माणपक्षले बताएको छ । दर्शकले ‘के घर के डेरा ः घर नं २’ आफ्ैले देखेको र भोगेको कथा भएको बताएका छन् ।
आम नेपालीले भोगिरहेको विषयलाई सिनेमाले उठान गरेको ‘के घर के डेरा : घर नं २’ले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेका निर्माणपक्षले बताएको छ ।
‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धि सागरले लेखेका छन् ।
दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।
‘के घर के डेरा : घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।
प्रतिक्रिया