Bisal Chautari Logo

देशैभर ‘कोहिनूर’ हाउसफूल||८ दिनमा २ करोड ४४ लाखको ब्यापार

- ३१ श्रावण २०७१, शनिबार १७:४३ मा प्रकाशित


kohinoor nepali movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, ३१ शनिवार । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठद्धरा अभिनित अन्तिम चलचित्र ‘कोहिनुर’ले ब्यापारिक रुपमा नेपाली चलचित्र क्षेत्रको इतिहासमै एउटा नया रेकर्ड कायम गरेको छ । छोटो समयमा धेरै ब्यापार गर्न सफल बनेको चलचित्रले पुराना सम्पूर्ण रेकर्ड तोड्दै अहिले देशभरिका हलहरुमा आक्रमक बिजनेस गरिरहेको छ । आठ दिनमा कोहिनूरले २ करोड ४४ लाखको ब्यापार गरेको छ । आज सम्मको कलेक्सन जोडिदा ३ करोडको सिनेमाले ब्यापार गर्ने पक्का जस्तो देखिएको छ ।kohinoor nepali movie (1)
टिकट नपाएर हलमा पुगेका दर्शकहरु खाली हात फर्किएको स्थिती छ । चार बर्षदेखि हाउस फूल हुन नसकेको काठमाण्डौ कालोपुल स्थित हिरारत्न हलको बिहानीको शो पनि हाउस फुल भएको छ । मल्टीप्लेक्स तर्फ क्यूएफएक्स कुमारी सहित सिभिल मलमा सम्पूर्ण शो सोल्ड आउट भएका छन् । kohinoor nepali movie (2)राजधानी वितरण हेरिरहेका वितरक सुनील मानन्धरले सिनेमाको कलेक्सनलाई कुरा गर्दै भने–‘यो मेरो १५ बर्षे चलचित्र करिअरकै पहिलो अनुभव हो, यति धेरै व्यापारिक सफल्ता पाएको छ ।’ उता मोफसल वितरण हेरिरहेको एफडी कम्पनीलेपनि चलचित्र कोहिनूरको ब्यापारलाई ईतिहासमै पहिलो पटक भनेको छ ।
चलचित्रले हेटौडाको ओम्याक्समा अजय देवगणको चलचित्र ‘सिंघम रिर्टनस्’लाई रिप्लेस गरिदिएको छ । हेटौडामा पनि दर्शक उर्लिएकोछ । मेजर स्टेशनहरु पोखरा, बुटवल, धरान, नारायणगढमा दर्शक किरा सरी उपस्थित भएको रिपोर्ट आएको छ । काठमाण्डूको गोपीकृष्ण हलमा टिकट ब्ल्याकमा समेत विक्रि भईरहेको दृश्य देखिएको छ । विशेष गरी बालबालिका र महिला दर्शक हलभरी देखिएका छन् । काठमाण्डौका धेरै हलमा हिन्दी सिनेमा सिंघम रिर्टनस्को शो स्थगित हुने सम्भावना देखिएको छ । रिर्टनस् लाई सिघंम रिर्टनस् लाई पनि रिप्लेस गर्दे स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मानमा दर्शकले हलमा बाक्लो देखाईरहेका छन् उपस्थिती । यस्तै गोपीकृष्ण हलमा भेटिएका कोहिनूरका निर्देशक आकाश अधिकारीले अभिनेता श्रीकृष्णको सम्मानमा दर्शकले देखाएको मायाको ऋण कहिलै तिर्न नसकिने प्रक्रिया दिएका छन् ।

प्रतिक्रिया