Bisal Chautari Logo

राई इज किङले हङकङमा २० औ प्रस्तुति दिँदै

- ३१ श्रावण २०७१, शनिबार १३:०० मा प्रकाशित


rajesh payal rai
विशाल चौतारी समाचार 
काठमाडौं, २०७१, श्रावन, ३१ शनिवार । नेपाली आधुनिक तथा पाश्र्व गायनका नम्बर एक गायकको रुपमा पहिचान बनाएका गायक राजेशपायल राईले हङकङमा २०औं प्रस्तुति देखाउने भब्यताका साथ प्रस्तुत गर्ने भएका छन् । गायक राजेश पायलले आफ्नो साङ्गीतिक करियरको सुरुवातमा पहिलो विदेश भ्रमण पनि हङकङबाटै शुरुवात गरेका थिए । rajesh payal rai (1)
२० औं साङ्गीतिक कन्र्सटमा सहभागिता जनाउन गायक राजेशपायल अहिले हङकङमा रहेका छन् । आफ्नो साङ्गीतिक वल्ड टुरलाई निरन्तरता दिदै गायक राई कन्र्सटका लागी हङकङ गएका हुन् । गायक राजेश पायलका अनुसार उनले भोलि हेनरी जी ल्याङ येइ माइ तेइ हलमा हुने कन्र्सटमा आफ्ना नयाँ तथा पुराना हिट नम्बरका गीतहरु प्रस्तुत गर्नेछन् । ह्युमेन नेपाल फाउण्डेसनले आयोजना गर्ने कार्यक्रममा गायकहरु अभिनास घिसिङ र भरत सिटौला, सुरेश कुमारले पनि सांगीतिक प्रस्तुति दिने आयोजक मध्येका एक अन्तिम राईले बताए ।

[gss ids=”5023,5022,5021″]

प्रतिक्रिया