बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ जेष्ठ १ बिहिवार। चलचित्र ‘के घर के डेरा : घर नं २’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले सिनेमा रिलिजको केही घण्टा अगाडि ‘ढुंगा देउता भयो’ बोलको गीत सार्वजनिक गरेको हो ।
गीतमा बुद्धिसागरको शब्दरचना रहेको छ । संगीत निश्चल बस्नेतको छ । सलिन मगरको स्वर रहेको छ ।
चलचित्रको कथा भन्ने गीत शान्त तर अर्थपूर्ण कुरा गर्छ ।
संघर्ष र चोटहरूले नै व्यक्तिलाई बलियो बनाउने बिम्बका रूपमा ढुंगा र देउतालाई ल्याइएको छ । काब्यात्मक गीतले सिनेको स्तर झल्काउँछ ।
सपना नै जिन्दगी जिउने आधार बन्ने यथार्थलाई गीतले उजागर गरेको छ ।
गीतको भिडियोका मुख्य कलाकार केकी अधिकारी, निश्चल बस्नेत, खगेन्द्र लामिछाने र लेखक बुद्धिसागर फिचर्ड छन् ।
‘के घर के डेरा : घर नं २’ले जेठ २ गते (शुक्रबार) रिलिज हुँदैछ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो । दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।
प्रतिक्रिया