बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ जेष्ठ १ बिहिवार। गायक राजेश पायल राई र मेलिना राईको स्वर रहेको साकेला जाउँ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । किराँत समुदायको पितापुर्खाको सम्झना गर्ने, उनीहरुबाट आशिर्वाद लिने र किराँत समुदायमा जन्मदेखि मृत्यूसम्म गरिने कर्म वा संस्कार झल्कने खालको यो गीतमा दक्षिण राईले संगीत भरेका छन् भने गीतको एरेन्जरका रुपमा सागर संसार राई रहेका छन् ।
सङ्खुवासभाली किराँत युवाहरुको अगुवाइमा उँभौली पर्वको अवसर पारेर सार्वजनिक गीतमको भिडियो छायाँकन गंगाराम राईले गरेका छन् भने भिडियो निर्मातामा युवराज राई र सरस्वती राई रहेका छन् । भिडियो सम्पादन जोन राईले गरेका छन् । गीतको भिडियोमा जोन राई र मनिसा राईको अभिनय देख्न सकिन्छ । किराँत समुदायभित्र विभिन्न भाषिक समुदायहरु रहेको र हाल २८ भन्दा बढी भाषिक समुदायहरु रहेको ‘साकेला जाउँ’ गीतका रचनाकार युवराज राईले वताए ।
प्रतिक्रिया