Bisal Chautari Logo

प्रियंका चोपडाले सुनिल थापा ‘रातेकाइँला’को यसरी गरे प्रसंसा (फोटो तथा भिडियो सहित)

- ३१ श्रावण २०७१, शनिबार ०३:१४ मा प्रकाशित


Priyanka Chopra and Sunil Thapa With Mary Kom At The Music Launch Of The Movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, ३१ विहिबार । लामो समयपछि पुन: बलिउड चलचित्रमा देखिन लागेका नेपाली अभिनेता सुनिल थापा अर्थात ‘राते काइँला’ले चलचित्रकी मेरी कोमको अभिनेत्री प्रियंका चोपडाको प्रसंसा बटुलेका छन् । केही दिन अगाडी गत बुधबार राति मुम्बईको आईटीसी माराटा होटलमा आयोजित मेरी कोमको अडियो लन्च कार्यक्रम सञ्चालनका क्रममा अभिनेत्री प्रियंकाले खुलेर प्रसंसा गरेकी थिइन् । Priyanka Chopra and Sunil Thapa With Mary Kom At The Music Launch (1)
भारतीय बक्सिङ खेलाडी एमसी मेरी कोमको जीवनीमा आधारित चलचित्रमा मेरी कोम बनेकी बलिउड सुन्दरी प्रियंका चोपडाले आफ्नो कोचको भूमिकामा रहेका बताउदै, ‘थापा सर हार्ड वर्कर डेडिकेटिङ एक्टर हुनुहुन्छ’, अभिनेत्री प्रियंका चोपडाले बताइन् । सञ्जयलीला वंशालीद्धारा निमिर्त चलचित्रका निर्देशक उमंग कुमारका साथमा आफैंले कार्यक्रम सञ्चालन गर्ने क्रममा अभिनेत्री प्रियंकाले सुनीलको जुँगादारीलाई लिएर ठट्टा पनि गरिन् । ‘दारीजुँगा काट्नु भएछ, असाध्यै ह्यान्डसम र योङ देखिनुभएको छ । योङ बन्नकै लागि दारीजुँगा खौरिनुभएको हो ?’– उनले ठट्टा गर्दै भनेकी थिइन् । सुनीलले भने ठट्टाकै शैलीमा दारीजुँगा फेरि पाल्ने जवाफ दिएका थिए । यस्तै क्रममा अभिनेत्री प्रियंकाले थापालाई सोधिन्– ‘नेपालको सुपरस्टार सुनील थापा सरले यसमा कोचको रोल खेल्नुभएको छ, थापा सर हजुरलाई हामीसँग काम गर्दा कस्तो अनुभव भयो ?’ अभिनेत्री प्रियंका चोपडाले सोधेको प्रश्नलाई थापाले भने– ‘रमाइलो लाग्यो, खुसी लाग्यो । एक्टिङ सँगसँगै फिजिकल वर्क बढी थियो । तपाईंको पन्चले म घाइते पनि भएको थिएँ । गल्फर्स एल्बो भएको (कुइनाको बायाँपट्टी सड्केको) थियो’, अभिनेता सुनिल थापाले बताए ।

[gss ids=”5014,5015,5013,5012,5011,5010″]

अभिनेता सुनीलले एल्बम विमोचन गर्न कार्यक्रममा सामेल भएकी बक्सर एमसी मेरी कोमलाई आगामी एसियन गेममा सफलताका लागि शुभकामनासमेत दिएका थिए । उनले मेरी कोमले एसियन गेम जितेपछि यसका निर्देशक उमंग कुमारलाई मेरी कोम–२ बनाउनसमेत सुझाएका थिए । फिल्म आगामी सेप्टेम्बर ५ तारिकका दिन वल्र्ड वाइड रिलिज हुँदैछ ।

प्रतिक्रिया