Bisal Chautari Logo

हसन राईको ‘नायुमा’ को पोस्टर सार्वजनिक

- २४ बैशाख २०८२, बुधबार १५:११ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ बैशाख २४ बुधवार।
गायक हसन राईको ‘नायुमा’ बोलको गीतको पोस्टर सार्वजनिक भएको छ । शशि गुरुङको शब्द तथा संगीत रहेको गीतमा हसनको स्वर रहेको छ । गीतलाई देबेश राईले एरेञ्ज गरेका छन् । यो गीतको म्युजिक भिडियो भने बैशाख २९ गते किरातीहरुको महान चाड उभौलीको दिन लुङ्टो क्रियशनको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिनेछ ।

युवा पुस्तामाझ चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेको म्युजिक भिडियोमा एलिशा राई, गणेशमान घले र उमेश राई (फुलन्देकी आमा) को अभिनय रहेको छ । यस म्युजिक भिडियोमा हरि हुमागाईको डिओपी रहेको छ, भने उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको छ । यस म्युजिक भिडियोलाई बिकाश दाहालले इडिट गरेका छन्, भने सुम्निमा कलेक्सनको पहिरण रहेको छ ।

गायक हसनले अहिले सम्मय करिव २ दर्जन गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङ समेत गरिसकेका छन् । धरान सुरसाझ कलाकेन्द्र, अलंकार म्युजिक एकेडेमीमा बिनोद प्रियदर्शीसंग संगीत सिकेका हसन पाश्र्व गायनमापनि मोह राख्छन् ।

प्रतिक्रिया