बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ बैशाख २२ सोमवार । गतबर्ष रिलिजमा आएको चलचित्र ‘दान्भी’का निर्देशक रुपेश तामाङ नयाँ चलचित्र निर्माणको दौडमा लागेका छन् ।
यसपटक, मल्टिस्टारर कलाकार लिएर एक्सन चलचित्र बनाउने तयारी उनको छ । यसका लागि कलाकारहरुलाई फाइनल गर्ने काम पनि धमाधम चलिरहेको छ ।
यसैबिच, यो चलचित्रमा नायिका पूजा शर्मा फाइनल भएकी छिन् । रुपेशले पूजालाई उनकै जन्मदिनको दिनमा अनुवन्धित गरेका हुन् ।
चलचित्रमा पूजा फाइनल भएपछि रुपेश भन्छन्–‘मेरो कथाले पूजा शर्मालाई नै खोजेका कारण उहाँलाई साइन गरेका हौं । यसपटक अघिल्ला फिल्ममा भएका कमजोरीलाई सुधार्दै काम गर्ने कोशिश गर्नेछु ।’
नायिका शर्माले पनि फेरि एकपटक आफू एक्सन भूमिकामा देखिन लागेको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्–‘दान्भीको एक्सनलाई दर्शकले रुचाउनुभएको थियो । यसैले, मलाई एक्सन फिल्ममा फेरि काम गर्न मन थियो । रुपेशजीले राम्रो कथा लिएर आएपछि साइन गरेकी हुँ ।’
निर्देशक रुपेशका अनुसार, यसपटक चलचित्रमा कलाकारहरु सरप्राइज हुनेछन् । चलचित्रको नाम तय गरिएको छैन । केही दिनमै चलचित्रको नाम विकास बोर्डमा दर्ता गरेरपछि सार्वजनिक गर्ने रुपेशले बताए । चलचित्रलाई सुमन गजमेरले लेखिरहेका छन् । केही महिनापछि चलचित्रको छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ ।
प्रतिक्रिया