Bisal Chautari Logo

एशियन फेशन वीकमा नेपाली फेशन डिजाइनरको सहभागीता

- २९ श्रावण २०७१, बिहीबार ०८:५९ मा प्रकाशित


madan podel asian fashion week 2014 nepal
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २९ विहिबार । आउदो शुक्रबारबाट इन्डोनेसियाको सुराबायामा सुरु हुने एशियन फेशन वीक २०१४मा नेपाली फेशन डिजाइनर मदन पौडेलले सहभागिता जनाउने भएका छन् । फेशन डिजाइनरहरुलाई स्वदेशमा मात्र नभई विदेशमा पनि चिनाउने उद्देश्यले नेपाल फेशन महासंघ र नेपाल फेशन डिजाइनर संघको संयुक्त पहलमा यो वर्ष इंडोनेशियामा हुनु लागेको एशियन फेशन वीक २०१४ मा नेपाली फेशन डिजाइनर पौडेलले सहभागिता जनाएको छ । madan podel asian fashion week 2014 nepal
यसको लागि उनि गत सोमबारनै आफ्ना सहयोगीहरुको साथ सुराबाया पुगिसकेका छन् । आगामी भाद्र २ गते सोमबार सम्म चल्ने चारदिने फेशन सप्ताहमा क्याजुअल ड्रेस १० वटा , कल्चरल ड्रेस ५ वटा, इको फ्रेंडली ५ वटा, मास्टर पीस एउटा, एभन्ट गार्ड एउटा र हब्ट कटयर एउटा प्रदर्शनको तयारी गरिएको छ । नेपाली ढाका कपडा तथा बुट्टाहरुको पनि पहिचान अघि बढाउने हिसाबले डिजाईनहरु तयार गरिएको डिजाइनर पौडेलले बताए । madan podel asian fashion week 2014 nepal-1एशियन फेशन वीकको अफिसियल वेबसाइटमा उल्लेख भए अनुसार नेपालको प्रतिनिधित्व गर्दै डिजाइनर पौडेलले आइतबार इन्डोनेसिया, ब्रनाई, क्यामरुन, अस्ट्रेलिया, बंगलादेशका डिजाइनरसंगै आफ्नो डिजाइन प्रस्तुत गर्नेछन् । फेशनका माध्यमले एशिया लगायतका राष्ट्रहरुको संस्कृति एक आपसमा चिनाउने उद्देस्यले आयोजना हुने एशियन फेशन वीकमा नेपाल साथै एसियाका ५८ देशहरुको सहभागिता रहेको छ । यो क्रमलाई वर्षे पिछे निरंतरता दिंदै आगामी वर्ष देखी ५ जना नेपाली डिजाइनरहरुलाई एशियन फेशन वीकमा सहभागिता जनाउने अवसर उपलब्ध गराउनुका साथै अरु अंतर्राष्ट्रीय प्रतियोगिताहरुमा पनि अवसर प्रदान गराउने उद्देश्य नेपाल फेशन महासंघ र नेपाल फेशन डिजाइनर संघको रहेको छ । नेपाली इतिहास मै पहिलो पल्ट नेपाली डिजाइनरले अन्तरास्ट्िरय स्तरको कार्यक्रममा अफिसियल सहभागिता जनाई राखेको हो ।

प्रतिक्रिया