Bisal Chautari Logo

राजनीति नगर्ने पुरुष ‘नामर्द’ हुन् – नवीना लामा

- १४ माघ २०७०, मंगलवार ०५:१० मा प्रकाशित


EXCLUSIVE- NABINA-LAMA-interview
नवीना लामा, विद्यार्थी नेता
–     विद्यार्थी नेता भएपछि चुम्बन त सामान्य
–    एक दर्जनजतिले प्रेमप्रस्ताव राखे होलान्
–    मलाई सबभन्दा आकर्षक पुरुष मदन भण्डारी लाग्छन् । उनको जिउडाल नै मिलेको देख्छु ।
–    मार्सल आर्टको ब्ल्याकबेल्ट खेलाडी भएकाले मसग केटाहरू डराउथे ।
–    विवाह अखिलको अध्यक्ष भएपछि मात्र गर्छु ।
–    केटासग एउटै कोठामा पनि सुतिएको छ तर भिन्दाभिन्दै बेडमा ।

ब्रेकर : झट्ट हेर्दा पुरुषको जीउडालसगै आखामा नजर पुग्छ मेरो । आखाको शैलीले नै पुरुषमा सुन्दरता थपिरहेको हुन्छ । कति अवस्थामा आखामा पुरुषको क्षमता नै प्रतिविम्बित भएको हुन्छ कि जस्तो लाग्छ । कसैसग आखामा आखा मिलाएर डिल गर्न सक्ने पुरुष साहसी हुन्छन् । ठिक्कको हाइट, मिलेको जीउडाल भएको अनि जुगा नपालेको पुरुषले मलाई आकर्षित गर्छ ।

स्कुल पढ्दा मलाई प्रेमको कुनै छनक थिएन । न त कुनै अनुभूति । जब क्याम्पस पढ्न थालें, त्यसपछि भने केटाहरु मलाई प्रेमप्रस्ताव गर्न थाले । म राम्री छु रे, त्यसैले होला । राजनीति गर्ने भएपछि विद्यार्थीबीच नजिकिनु त प¥यो नै । सबैलाई हाइहेलो गर्थें, अहिले पनि गर्छु । अहिलेसम्म मलाई एक दर्जनजतिले प्रेमप्रस्ताव राखे होलान् ! लाग्छ– तीमध्ये दुई–तीन जनाले चाहि“ मलाई सा“च्चिकै मन पराउथे, मलाई पनि उनीहरु मन परेका थिए । तर, न उनीहरुले खुलेर मनको कुरा मेरा सामु राख्न सके न त मैले नै आ“ट गरें ।  अहिले उनीहरू सबै विदेशतिर छन् ।
राजनीति गर्ने भएकाले मेरा पुरुष साथी धेरै छन् । संगठनको काममा कतै जादा होस् वा विद्यार्थीको हकहितका लागि आवाज उठाउदा, वरिपरि केटा साथी नै बढी हुन्छन् । केटीमान्छे राजनीतिमा कमै लाग्छन्, त्यसैले यस्तो भएको होला ।
अन्य केटीजस्तै जीवनसाथीको कल्पनामा म पनि डुब्छु । उसमा हुनुपर्ने गुणहरूबारे कल्पिन्छु । पहिलो कुरा त ऊ मेरा विचार अनि भावनाहरू बुझ्न सक्ने क्षमताको हुनुपर्छ । मेरो हकमा राजनीति अनि राजनीतिक जीवनशैली अझ राम्रोसग बुझेको हुनुपर्छ । मैले जे गरिरहेकी छु त्यसलाई साथ दिन सक्ने खुबी चाहिन्छ, मलाई जीवनसाथी बनाउन चाहने पुरुषसग ।

त्यसो त वर्गीय हिसाबले पुरुषलाई म साहसिक योद्धाका रूपमा हेर्छु । पुरुषको साथबिना महिला एक्लै अगाडि बढ्न सजिलो छैन । त्यसैले पुरुषप्रति मेरो जहिल्यै सम्मान अनि आदरभाव छ । जननेता मदन भण्डारी, कार्ल माक्र्स र बाराक ओबामा पुरुष नै हुन्, जसको विचार र सिद्धान्त मानिसलाई सही मार्गमा हि“डाउने उद्देश्यतर्फ केन्द्रित छ । मदन भण्डारी मलाई अहिलेसम्म सबैभन्दा आकर्षक लागेका पुरुष हुन् । उनको जीउडाल नै मिलेको देख्छु ।

पुरुषमा पाइने सहयोगी बानी, हार्दिकता अनि साहस मलाई राम्रा पक्ष लाग्छन् । छिट्टै रिसाउने, झूटो बोल्ने केटा चाहि मनै पर्दैनन्, घृणा लागेर आउछ । अझ भन्नुपर्दा राजनीति गर्ने पुरुष बढी मन पर्छ । किनकि राजनीतिमा लागेका पुरुषले थुप्रै परिस्थितिको सामना गर्नुपर्छ । यस्ता परिस्थितिले उनीहरूलाई रिसराग पचाएर धैर्य अनि शान्त बन्न अभ्यस्त बनाएका हुन्छन् । उनीहरूलाई थाहा हुन्छ– आपसी विश्वास राजनीतिमा महत्वपूर्ण कुरा हो । अध्ययनशीलताका कारण जीवनजगत् राम्ररी बुझेका हुन्छन् । जनताको पीरपर्कामा साथ दिएका हुन्छन्, यस अर्थमा उनीहरूमा संवेदनशीलता पनि बढी हुन्छ ।
कुनै पनि काम तत्काल गर्ने सक्ने ‘हकी’ स्वभावको राजनीतिज्ञ पुरुष अहिलेको समाजलाई चाहिएको छ । जसले देश, जगत् अनि जनताको पीरमर्का बुझेको हुन्छ, उनीहरूका लागि केही गर्ने भावना राख्छ । अन्य सोचका पुरुषमा यस्तो भावना दुर्लभ हुन्छ । म त भन्छु देश र जनताको पीरमर्का बुझ्न सक्ने राजनीतिविज्ञ पुरुष नै वास्तवमा ‘मर्द’ हुन् ।
झट्ट हेर्दा पुरुषको जीउडालसगै आखामा नजर पुग्छ मेरो । आखाको शैलीले नै पुरुषमा सुन्दरता थपिरहेको हुन्छ । कति अवस्थामा आखामा पुरुषको क्षमता नै प्रतिविम्बित भएको हुन्छ कि जस्तो लाग्छ । कसैसग आ“खामा आखा मिलाएर डिल गर्न सक्ने पुरुष साहसी हुन्छन् । ठिक्कको हाइट, मिलेको जीउडाल अनि जुगा नपालेको पुरुषले मलाई आकर्षित गर्छ । त्यसमाथि उसले जिन्सपाइन्ट र टिसर्ट लगाएको रहेछ भने त झनै राम्रो लाग्छ । इमानदार, परिस्थितिको राम्रो आ“कलन गर्न सक्ने अनि व्यापारिक दिमागको पनि होस् ।
राजनीतिमा लागेपछि केटा होस् वा केटी, सबैसग हात मिलाउनु, अगालो हाल्नु त सामान्य नै हो । कतिसग त चुम्बन पनि गरियो । स्ववियु सभापति र अखिलको उपाध्यक्ष जितेको खुसीमा मैले केटासाथीलाई पनि अ“गालो हाल्दै चुम्बन गरेकी छु । विद्यार्थी नेता भएपछि चुम्बन सामान्य हु“दो रहेछ । संगठनको काम गर्दा थुप्रैस“ग स“गै बसिन्छ । अहिले पनि टास्सिएरै बस्नुपर्ने हुन्छ कुनै बखत । परिस्थिति नमिल्दा केटा साथीहरूस“ग एउटै कोठामा सुतिएको पनि छ तर भिन्नाभिन्नै बेडमा ।
विद्यार्थी साथीहरू थुप्रैसग मेरो विचार अनि भावना मिल्छ । संगठनका बारेमा कुराकानी हुन्छ । साथीका रूपमा आत्मीयता रहे पनि उनीहरूलाई व्यक्तिगत सुखदुःखका कुरा सेयर गर्दिन । यीमध्ये कसैस“ग मेरो गहि माया बसेन, त्यस्तो परिस्थिति जुरेन पनि । म मार्सल आर्टमा ब्ल्याकबेल्ट खेलाडी भएकाले कति केटाहरू त मसग डराउथे पनि होलान्, कसरी प्रस्ताव गर्ने आट गरून् † अहिले भने प्रस्तावको सिलसिला रोकिएको छ, कसैले हिम्मत गरेका छैनन् । विद्यार्थी राजनीतिको माथिल्लो पदमा पुगेकाले पनि होला सायद ।
मचाहि अर्को जुनीमा पनि महिला नै भएर जन्मन चाहन्छु । महिलामा जत्तिको प्राकृतिक सौन्दर्य पुरुषमा हु“दैन । प्रकृतिले नै महिलालाई आकर्षक बान्की दिएको छ । महिलालाई ईश्वरले सा“च्चै नै सुन्दर बनाइदिएको छ । फेरि आमाका रूपमा संसारलाई ढाक्न सक्ने प्रकृतिप्रदत्त गुण पनि महिलामै छ । यस अर्थमा मलाई आफ्नो जन्मप्रति गर्व छ । यसको अर्थ पुरुषको महत्व कम छ भन्न खोजेको होइन । पुरुषबिना महिला अगाडि बढ्न सम्भव पनि त छैन । त्यसैले त प्रकृतिले नै जीवनसाथीका रूपमा जुराइदिएका हुन्, सृष्टिका यी दुई फरक सिर्जनालाई । धर्तीमा आइसकेपछि को कसको भागमा पर्छ, त्यो अर्र्कै कुरा हो । केही व्यक्तिगत अपवादहरूलाई छोड्ने हो भने पुरुषहरूमा जत्तिको हार्दिकता र साहसी गुण महिलामा पाउन सकिन्न ।
नाताका हिसाबले पुरुषको विश्लेषण गर्दा मलाई पतिभन्दा बुबा नै ठूलो लाग्छ । किनकि उहा“ले नै मलाई यत्री बनाउनुभो, यहा“सम्म ल्याइपु¥याउनुभो । जे छु, सबै बुबाकै योगदान हो । त्यसो त अविवाहितै भएकाले पनि यस्तो लागेको हो कि ! विवाहपछि पतिको व्यवहारमा पनि यो धारणा भर पर्ला । म पुरुष भएको भएचाहि“ सबैभन्दा बढी माया आमालाई गर्थें होला, जसले मलाई यो धर्ती देखाउनुभयो । त्यसो त उहा“लाई माया अहिले पनि उत्तिकै गर्छु ।
मलाई सुहाउदो एउटा साथी भने मैले हेरेकी छु । अहिलेसम्म सबैभन्दा मन मिल्ने उही नै हो । विगत पाच वर्षदेखि हामी एकअर्काको सुखदुःखका सहयात्री छौं । एकअर्काको मनको भावना सजिलैस“ग बुझ्न सक्छौं । मैले अपेक्षा गरेका प्रायः गुण ऊसग छन् । कहिलेकाही समय मिलाएर घुम्न पनि निस्कन्छौं । ऊ राजनीति गर्छ, सगसगै व्यवसाय पनि । राजनीति मात्रले जीवन चलाउन मुस्किल भएकाले व्यवसाय पनि गर्नेलाई रोजेकी हु । राजनीतिमा संलग्न हुनेहरूका अप्ठ्यारासग राम्ररी परिचित छ, त्यसैले मेरा बाध्यताहरू पनि राम्ररी बुझ्न सक्छ । दुवै जना राजनीतिमै होलटाइमर हुदा जीवन गुजार्न समस्या हुन सक्छ । त्यसैले हामीले योजना बनाएका छौं– एक जना राजनीतिमा, अर्को व्यवसायमा । यसो गर्दा दुवैको करियर अगाडि बढाउन पनि सजिलो हुन्छ । बिहे भने अखिलको अध्यक्ष भएपछि मात्रै गर्ने सोचेकी छु ।
अहिलेसम्म डेटिङ गएकी छुइन । मन त थियो तर कार्यक्रममा हिड्नुपरेकाले पुर्सदै पाइदैन । पहिले पनि थुप्रैले डेटिङको प्रस्ताव नराखेका होइनन् तर गइन । कुनै पनि पुरुषस“ग शारीरिक रूपमा नजिक भएकी छुइन । सेक्सको प्रस्ताव कसैले राखेनन् पनि । पहिले कहिल्यै प्रेममा नफसेकाले धोका खाएको अनभूति छैन अहिलेसम्म । बरु मैले प्रस्ताव स्वीकार नगरेकाहरूले चाहि“ धोका पाएको सोचे कि !  
प्रस्तुति  शरद शर्मा

प्रतिक्रिया