Bisal Chautari Logo

निलम रोजुको त्रिवेणी ‘हरपल’ सार्वजनिक (फोटो फिचर सहित)

- २७ श्रावण २०७१, मंगलवार १४:५१ मा प्रकाशित


neelam roju rai song
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २७ मंगलबार । पछिल्लो समयमा महिला संगीतकारहरु नेपाली साङगीतिक क्षेत्रमा चम्किरहेका छन् । यस्तै क्रममा निलम ‘रोजु’ राईको पहिलो एल्बम ‘हरपल’ सार्वजनिक भएको छ । अनामनगर स्थीत मण्डला थियटरमा आयोजित कार्यक्रममा संगीतकार, गीतकार तथा गायिका निलमको पहिलो एल्बम विमोचन भएको हो ।neelam roju rai song

एल्बमलाई कार्यक्रमका प्रमुख अतिथी तथा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले विमोचन गरेका थिए । विमोचनमा बास्कोटासंगै चर्चित गायक राजेश पायल राई, प्राज्ञ संगीतकार शान्तिराम राई, रोयल्टि संघका अध्यक्ष सुरेश अधिकारी, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, वरिष्ठ पत्रकार सुवास ढकाल, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय लगायतले सामुहिक विमोचन गरेका थिए ।
एल्बम ल्याउनमा सहयोग गरेका चर्चित गायक राजेश पायल राई अर्थात राई इज किङले कार्यक्रममा बोल्दै निलमको गायन र रचनामा राम्रै रहेपनि संगीतमा अझ राम्रो सम्भावना रहेको बताए । भने–‘म उहाको संगीतका एक फ्यान नै हु । उहालाई यसैगरी अगाडी बढिरहन म आग्रहपनि गर्दछु’, गायक राजेश पायलले बताए ।
त्यस्तै संगीतकार महेश खड्काले एल्बम विमोचन आयोजकको तर्फबाट निलमलाई शुभकामना दिदै राम्रो प्रतिभालाई कदर गरेकामा राजेश पायल राईलाई बधाई दिए । त्यस्तै प्रमुख अतिथी शम्भुजित बास्कोटाले निलमलाई एउटा हिराको रुपमा लिएको बताउदै संगीत सृजनामा लागिरहन आग्रह गरे ।

[gss ids=”4976,4977,4978,4975,4972,4974,4973,4971″]

त्यस्तै प्राज्ञ संगीतकार शान्तिराम राईले एल्बमको समिक्षा गर्दै एल्बमका गीतहरु सबै राम्रा रहेपनि केही कमीकमजोरी रहेको औलाए । आउदा दिनहरुमा ति गल्तिहरुलाई सुधार्दै लान निलमलाई आग्रह गरे ।
संगीतकार निलमको यस एल्बममा उनको संगीतसंगैस्वर तथा शब्दपनि सुन्न सकिनेछ । बाल्यकालदेखी कै संगतिमा रुचि राख्ने संगीतकार निलम बच्चैदेखी गीत संगीत लेख्ने, संगीत गर्ने र गाउने गरेको बताइन् ।
उनको एल्बममा ९ गीत समावेश रहेको छ । एल्बममा यो मनमा सायद, सुनसान रातको, आकाशमा उड्ने भए, आखैमा आउँछौ तिमी, पहाडी च्याङबालाई, यही धुनमा, यो मायामा, कान्छा ए कान्छा, सुनसान रातको बोलको गीतहरु समावेश गरिएको छ । एल्बममा दुई डोएट गीतपनि रहने भएको छ । राजेश पायल राई, गायिका स्वयम निलम र पदम राईको स्वरमा डोएट गीत ‘यो मनमा सायद र तिम्रो हात समाउँदै रहेको छ । त्यस्तै एल्बममा राजेश पायल राई, पदम राई, स्वरुपराज आचार्य, निलम रोजु राई, विजोय राई, भिम बुढाथोकी मगर लगायतको स्वर रहेको छ । एल्बम बिमोचनमा यो मनमा बोलको म्युजिक भिडियोपनि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया