Bisal Chautari Logo

राजेशपायलले कार्यक्रम होस्ट गरे

- १४ माघ २०७०, मंगलवार १२:२० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, १४ माघ ।
गायक राजेशपायल राईलाई धेरैले चर्चित गायकको रुपमा मात्र चिनेका छन् । तर गायक राजेशपायल पहिलो चोटि कार्यक्रम होस्टका रुपमा पनि प्रस्तुत भएका छन् । उनले आज मंगलवार एक चलचित्रको कार्यक्रमको होस्ट गरेका थिए ।
नेपाली साङ्गीतक क्षेत्रमा लामो समय गायन क्षेत्रमा सकृय रहेका गायक राजेशपायलले पहिलो कार्यक्रममै एउटा व्यावसायिक कार्यक्रम सञ्चालक झै कार्यक्रमको होस्ट गरीरहेका थिए । विशाल चौतारीसंग कुराकानि गर्दै राइले बताए अनुसार सो कार्यक्रमको होस्ट गर्न भनेर उनि गएका थिएनन् । कार्यक्रमको प्रमुख अतिथी बन्नका लागी आफुलाई कार्यक्रममा बोलाएको बताउदै गायक राजेशपायलले भने–‘कार्यक्रममा मेरा मित्रहरुले कार्यक्रमको होस्ट गर्दा के हुन्छ ? भन्ने कुराकानि भएपछि, मलाई नयाँ काम गर्न मनपर्ने भएकाले कार्यक्रमको होस्ट गरेको हु ।’ पहिलो चोटि होस्ट गर्दाको अनुभव सुनाउदै गायक राजेशपायलले गाउन जस्तो सजिलो होस्ट गर्न नहुने बताए । भने–‘ कार्यक्रमको होस्ट यो नै अन्तिमपनि हुन सक्छ । तरपनि मलाई कार्यक्रमको थिम मनपर्‍यो भने पुन: होस्टलाइपनि अगाडी बढाउने छु ।

प्रतिक्रिया