Bisal Chautari Logo

पहिलो नेपाल आइडल विक्रमको पहिलो गीत ‘मा कसम’ सार्वजनिक (अडियो सहित)

- २७ श्रावण २०७१, मंगलवार ०८:५९ मा प्रकाशित


first nepal idol bikram rai new song ma kasam
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २६ सोमबार । पहिलो नेपाल आइडल बन्न सफल गायक विक्रम राईको पहिलो गीत सार्वजनिक भएको छ । ‘मा कसम तिमीलाई माया गर्छु म’ बोलको गीत केही दिन अगाडी मात्र विशाल चौतारीबाट सार्वजनिक भएको छ । आफ्नै शब्द तथा संगीतमा रहेको गीत अहिले अडियो भर्सनमा सुन्न सकिन्छ ।       frist nepal idol bikram rai new song ma kasam (1)
नेपाल आइडल बनेदेखी राम्रो गीतहरु सृजना गर्नमा ब्यास्त रहेको बताउने गायक विक्रम राईले एल्बमका लागी गीतहरु तयार भइरहेको बताए । नेपाली दर्शक श्रोताहरुले सधै एउटै किसिमको संगीत सुनेकालाई आफ्ना सृजना राम्रो लाग्न सक्ने विक्रमले बताए । हरेक गीतमा नयाँपन गर्न खोजेको गायक राईले बताए । नेपाल आइडल राइले भने–‘मलाई विस्वास छ की मेरो सार्वजनिक भएको गीतलाई मेरा दर्शक श्रोताहरुले मनपराउनु हुनेछ । नेपाल आइडल बनेपछी एल्बम र गीतहरु कहिले आउछ भन्ने फ्यानहरु धेरै छन् । त्यही कारणपनि मैले यो गीत चाही तपाईहरुका लागी सार्वजनिक गरेको हु’, नेपाल आइडल विक्रम राईले बताए । अन्य गीतहरुपनि सार्वजनिकको क्रममा रहेका छन्, भने छिट्टै एल्बमपनि ल्याउने तयारी भइरहेको गायक विक्रम राईले बताए ।

frist nepal idol bikram rai new song ma kasam (2)

प्रतिक्रिया