Bisal Chautari Logo

राष्ट्रिय सम्मानसहित श्रीकृष्णको अन्त्येष्टी, पाथिर्व शरीरमा दाजुले दिए दागबत्ती (फोटो फिचर सहीत)

- २६ श्रावण २०७१, सोमबार १८:०९ मा प्रकाशित


Shree Krishna Shrestha was cremated with state honours at Pashupati Aryaghhat
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २६ सोमबार । ४७ वर्षीय लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्त्येष्टी पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ गरिएको छ । अभिनेता श्रेष्ठको शवमा सञ्चारमन्त्री मिनेन्द्र रिजालले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । नेपाल प्रहरीले अभिनेता श्रेष्ठलाई सम्मानस्वरुप अन्तिम सलामी अर्पण गरेको थियो । अभिनेता श्रीकृष्णको शरीरमा दाजुले दागबत्ती दिएका थिए ।Shree Krishna Shrestha was cremated with state honours at Pashupati Aryaghhat (7)
अभिनेता श्रेष्ठको नयाँ दिल्लीमा उपचारको क्रममा शनिबार राति निधन भएको थियो । श्रेष्ठको शवलाई एयर ईण्डियाको बिमानबाट सोमबार दिउँसो नेपाल ल्याइएको थियो । त्रिभुवन बिमानस्थलबाट उनको शवलाई नगर परिक्रममा गराई अन्तिम श्रद्धाञ्जलीको लागि साँझ कमलादीस्थित प्रज्ञा प्रतिष्ठान लगिएको थियो । अभिनेता श्रेष्ठका फ्यानहरुको भिडले बबर महलदेखी कमलादी सम्म आउनका लागी करिव ३ घण्टा लागेको थियो । तर समर्थकको अत्याधीक भीड थाम्न नसकेपछि सुरक्षाकर्मीको सल्लाहमा शवलाई प्रतिष्ठानमा नराखी आर्यघाट लगिएको हो । श्रेष्ठप्रति श्रद्धाञ्जली व्यात्त गर्न हजारौं समर्थक तथा शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए ।

[gss ids=”4954,4960,4955,4959,4958,4957,4956,4952″]

अभिनेता श्रीकृष्ण श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, कांग्रेस नेता अर्जुननरसिंह केसी, एमाले नेताहरु केशव बडाल, अमृतकुमार बोहोरा, एमाओवादी नेताहरु कृष्णबहादुर महरा, राप्रपा अध्यक्ष पशुपति शमसेर जबरालगायत प्रज्ञा प्रतिष्ठानमा उपस्थित थिए । त्यस्तै अन्तिम श्रद्धाञ्जली दिन अभिनेता राजेश हमाल, चर्चित गायक राजेश पायल राई हास्य अभिनेता हरीबंश आचार्य लगायतका हजारौं चलचित्रकर्मीहरु उपस्थित भएका थिए । अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपराज पाण्डे, परिवारजन, आफन्त, शुभेच्छुक र हजारौं सर्वसाधारण फ्यानहरु प्रज्ञा प्रतिष्ठानमा जम्मा भएका थिए ।
गत असार २३ गते अभिनेत्री श्वेता खड्कासँग विवाह गरेका श्रेष्ठ हनिमुनका लागी भारत गएका थिए । तर स्वास्थ्य समस्या भएपछि असार २७ गते उपचारको लागि दिल्ली गएका थिए । २०४५ सालमा भूमरी चलचित्रबाट चलचित्र करिअर सुरु गरेका श्रेष्ठले एकसय बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् । धर्ती, प्रेमयुद्ध, माइती, आफ्नो मान्छे, गोर्खाली, पाहुना, वर पिपल, हाम्रो माया जूनी जूनीलाई, अजम्बरी नाता, जाली रुमाल, गरिब, नाता, नाता रगतको, लक्ष्मी पूजा, भरोसा, जीवन रेखा, उनको सम्झना, कहाँ भेटियला लगायत उनका चचिर्त चलचित्रहरु हुन् । अभिनेता श्रेष्ठद्धरा अन्तिम अभिनित चलचित्र ‘कोहीनुर’ भने प्रर्दशन भइरहेको छ ।

प्रतिक्रिया