Bisal Chautari Logo

एअर इण्डियाबाट आज १ बजे श्रीकृष्णको शव आउने || श्रद्धाञ्जलीका लागी बेलुकी २ घण्ट प्राज्ञामा राखिने

- २६ श्रावण २०७१, सोमबार ०५:३१ मा प्रकाशित


shree krishna shrestha RIP death
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २६ सोमबार । अभिनेता एवं निर्माता श्रीकृष्ण श्रेष्ठको पाथिर्व शरीर आज साउन २७ गते १ बजे नेपाल आइपुग्ने भएको छ । चलचित्र बिकास बोर्डले एक विज्ञप्ती जारी गर्दै जनाएको छ, की अभिनेता श्रीकृष्ण श्रेष्ठको पाथिर्व शरीरलाई एअर इण्डियाको नियमितshree krishna shrestha RIP death (1) उडानबाट नेपाल ल्याइने छ । एअरपोर्टबाट बानेश्वर, माइतीघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धञ्जलीका लागि राखेर बेलुकी ६ बजे दाह संस्कारका लागि आर्यघाट लगिने पनि बताइएको छ । यही सम्बन्धमा चलचित्र बिकास बोर्डले एक विज्ञप्ती जारी गर्दै श्रीकृष्ण श्रेष्ठलाई त्रिभुवन विमानस्थलदेखि आर्यघाट पुर्याउँदा लाग्ने सबै खर्च बेहोर्न निर्णय गरेको खबर सार्वजनिक गरेको छ ।

नेपाल चलचित्र बिकाश बोर्डको एक विज्ञप्तीshree krishna shrestha RIP death (2)

नेपाली रजतपटका लोकप्रिय अभिनेता जीवन्त कलाकार श्रीकृष्ण श्रेष्ठको दिल्लीस्थित गंगाराम अस्पतालमा उपचारका क्रममा गएराती भएको निधनले हामी सम्पूर्ण चलचित्र प्रेमी, नेपाली दर्शक एवं सम्पूर्ण नेपाली जनमा गहिरो शोक परेको छ । यस दु:खद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै हादिर्क श्रद्धाञ्जली व्यक्त गर्दछौं । यसै क्रममा अभिनेता स्व.श्रीकृष्ण श्रेष्ठलाई नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय मातहतको चलचित्र विकास वोर्डले कलाकार श्रेष्ठप्रति सम्पूर्ण रुपले सम्मान प्रकट गर्दै अन्त्यष्टिको सम्पूर्ण खर्च बेहोर्ने निर्णय पनि गरेको छ । अभिनेता श्रीकृष्ण श्रेष्ठको पाथिर्व शरीर दिल्लीबाट अपरान्ह १ बजे त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल ल्याइपुर्याइने कार्यक्रम रहेको सम्पूर्ण सञ्चारकर्मी शूभ चिन्तक एवं प्रशंसकहरुमा जानकारी गराउँदछौं ।
साथै उहाँको पाथिर्व शरीरलाई नेपाल ल्याइसकेपछि त्रिभुवन विमानस्थलबाट सिनामंगल, तिनकुने, नयाँ बानेश्वर, बबरमहल, माईतीघर, सिंहदरबार, पुतलीसडक, कमलादी हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई (२) घण्टा श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम रहेको छ । त्यसपछि साँझ ५:३० बजे उहाँको पाथिर्व शरीरलाई कमलादी प्रज्ञा प्रतिष्ठानबाट कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशला हुँदै पशुपती आर्यघाटमा अन्तिम संस्कारका लागि लगिनेछ । यस दु:खद घडीमा सम्पूर्ण सञ्चार जगत चलचित्रकर्मी दर्शक तथा प्रशंसकहरुलाई दिवंगत श्रीकृष्ण श्रेष्ठलाई श्रद्धा सुमन प्रकट गर्न एवं शव यात्रामा सहभागी भइदिनु हुन सविनय अनुरोध गर्दछौं ।’

प्रतिक्रिया