Bisal Chautari Logo

अभिनेता श्रीकृष्णको उपचारका क्रममा भारतमा निधन

- २५ श्रावण २०७१, आईतवार ०५:३४ मा प्रकाशित


Shree krishna Shrestha Death
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २५ आइतबार । नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चचिर्त अभिनेता श्रीकृष्ण श्रेष्ठको उपचारका क्रममा भारतमा निधन भएको छ । अभिनेता श्रीकृष्णका साथी एवं निर्देशक आकाश अधिकारीले श्रेष्ठको आज बिहान ५ बजे दिल्लीको एपोलो अस्पतालमा निधन भएको औपचारीक जानकारी दिएका छन् । ‘डिप निमोनिया’का कारण उनको निधन भएको अभिनेता श्रेष्ठका दाजुले जानकारी दिएको आकाशले बताए ।Shree krishna Shrestha Death (1)
Shree krishna Shrestha Death (2)अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्का आफ्नो प्रेम सम्वन्धलाई बिबाहमा परिणत गरेर एक महिनाअघि हनिमुनका लागि सिम्ला पुगेका थिए । त्यसैबेला बिरामी परेका उनी दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । श्रीकृष्ण सिनेमाको पहिलो शोमा सहभागी हुने खबर आयो । सिनेमा चल्नु भन्दा एक दिन अगाडि मात्र श्रीकृष्णको निक्कै कारुणिक आवाज सहितको अडियो सार्वजनिक हुँदा उनको अवस्था केही गम्भिर बनेको सुन्न सकिन्थ्यो । परिवारका सदस्यहरु आज दिल्ली जाने तयारीमा छन् । श्रीकृष्णको शवलाई आजै नेपाल ल्याइने समेत आकाशले बताए ।
वि.सं २०४५ सालमा ‘भूमरी’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका थिए । अभिनेता श्रेष्ठले ‘नाता’ नामक चलचित्रबाट भने करिअर अगाडि बढाएका थिए । अभिनेता श्रीकृष्णले अभिनय गरेका अधिकांश सिनेमा ५१ र १०० दिन मनाउन सफल छन् । आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाई, पाहुना, कहा भेटिएला जस्ता हिट सिनेमा दिएका अभिनेता श्रीकृष्ण श्रेष्ठले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कोहिनुर’ अहिले चलिरहेको छ ।
एक महिना अगाडि अर्थात असार २३ गते अभिनेत्री स्वेता खड्कासँग बिहे गरेका श्रीकृष्ण त्यस लगतै दिल्ली पुगेका थिए । दिल्ली पुगे लगतै उनी बिरामी भएको खबर आएको थियो ।
कोहीनूर चलचित्रका लागि श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काले दिल्लीस्थित अस्पतालबाट दिएको सन्देश यस्तो थियो :

प्रतिक्रिया