Bisal Chautari Logo

महेश हाङखिम एल्बमको तयारीमा (भिडियो सहित)

- २३ श्रावण २०७१, शुक्रबार ०५:२१ मा प्रकाशित


Rajesh Payal Rai and Mahesh HangkhimRajesh Payal Rai and Mahesh Hangkhim (1)
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २२ शुक्रबार । नेपाली पाश्र्व गायन तथा आधुनिक गायनका नम्बर एक गायक राजेश पायल राईका एसिस्टेन तथा नव गायक महेश हाङखिम एल्बमको तयारीमा रहेका छन् । अहिले उनी आफ्नो एल्बमको गीतहरु रेकडिङ गराउनमा ब्यास्त रहेका छन् । एल्बमका लागी स्वयम गायक राजेश पायल राईलेपनि धेरै सहयोग गरिरहेको गायक महेशले बताए ।Rajesh Payal Rai and Mahesh Hangkhim (2)
संगीतमा केही वर्ष अध्ययन गरेका गायक महेशको एल्बममा ८ वटा गीत समावेश हुनेछ । एल्बममा राजेश पायल राई, महेश खड्का, राई नविन, विनोद खम्बु लगायतलको संगीत रहनेछ भने नवराज लम्साल, तुलसि बस्नेत, दिपेन्द्र हाङखिम लगायतको शब्द रहेको छ । एल्बम दुई तिन महिना भित्रमा एल्बम ल्याउने तयारी भइरहेको गायक महेश हाङखिमले बताए ।

प्रतिक्रिया