Bisal Chautari Logo

शक्ति बल्लभ र बरालको ‘पारसमणी’ आउदै

- २२ श्रावण २०७१, बिहीबार ०५:०२ मा प्रकाशित


Shakti Ballav Shrestha and parashmani baral
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ साउन, २२ विहिबार । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित अनी ब्यास्त संगीतकार शक्ति बल्लभ पुन: संगीतमा फर्किएका छन् । करिव ३ वर्षदेखी जागिर गर्दै आएका वरिष्ठ संगीतकार शक्ति बल्लभ ‘पारसमणी’ नामक एल्बमबाट संगीतमा फर्किन लागेका हुन् । अहिले धमाधम रेकर्डिङ भइरहेको एल्बमलाई सामुहिक एल्बमको रुपमा रचनाकार पारसमणी बरालको साथमा ल्याउन लागेका हुन् । Shakti Ballav Shrestha and parashmani baral (1)
नेपाली साङ्गीतिक क्षेत्रमा लागेर ४ दशक विताइसकेका वरिष्ठ संगीतकार शक्ति बल्लभले ७ सय भन्दा बढी गीतहरुमा संगीत गरीसकेका छन् । त्यस्तै चलचित्रमा तिन दर्जन भन्दा बढी गीतहरु संगीत गरिसकेका छन् । उता एल्बमका रचनाकार पारसमणी बरालपनि नेपाली साङ्गीतिक क्षेत्रमा लागेकोपनि ४ दशक नै भइसकेको छ । रचनाकार बराल पहिला साङ्गीतिक क्षेत्रमा लाग्दा लोक गायकको रुपमा भित्रिएका थिए । विशाल चौतारीसंगको कुराकानीमा वरिष्ठ दुई श्रष्ठाहरुले भने–‘हामी दुई जोडी कलेज लेभलका एकदमै मिल्ने साथी थियौ । सामुहिक एल्बम गर्ने सोच हाम्रो धेरै अगाडीदेखीको थियो । अहिले आएर यो काम पुरा हुदैछ,’ शक्ति र बरालले बताए ।

[gss ids=”4889,4888,4890,4887″]

पारसमणीको एकल संगीत तथा शक्ति बल्लभको एकल संगीतमा तयार भइरहेको एल्बम दशै अगाडी सार्वजनिक गरिनेछ । एल्बम प्रोमोशनका लागी अहिले एल्बमका केही गीतको म्युजिक भिडियोपनि निर्माण हुदैछ । ७ गीत समावेश हुने एल्बममा रविन शर्मा, आनन्द कार्की, रामकृष्ण ढकाल, स्वरुपराज आचार्य, सत्यराज आचार्य, सुमित खड्का, शिशिर योगी, दिपक लिम्बु, अन्जु पन्त, माण्डवी त्रिपाठी, प्रश्ना शाक्य, मिलन अमात्य र रचनाकार पारसमणीकै स्वर रहेको छ ।

प्रतिक्रिया