Rajesh Payal Rai facebook page verified
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २१ बुधबार । पछिल्लो समयमा नेपाली सेलिब्रेटीहरु सामाजिक सञ्जालमा सकृय बन्दै गइरहेका समयमा नेपाली आधुनिक तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईको अफिसियल फेसबुक पेज भेरिफाइड भएको छ । फेसबुकले गायक राजेश पायल राईको आज बुधवार बिहान मात्र भेरिफाइड गरिदिएको हो । गायक राईको फेसबुक पेज २००९ जनवारी २८ तारिकका दिन बनाइएको थियो ।
एउटा सेलिब्रेटीहरुको लागी सामाजिक सञ्जाल आफ्ना फ्यानहरु समक्ष पुग्ने ठुलो अनी भरपर्दो माध्ययमपनि हो । यस्तै भरपर्दो माध्ययमलाई प्रयोग गर्ने कलाकारहरु संख्या नेपालमापनि दिनानुदिन बढीरहेको छ । आफ्ना कामहरु फ्यानहरु समक्ष पुर्याउन कलाकारहरु बढिजसो समय अहिले समाजिक सञ्जालमै झुमिरहेका देखिन्छन् । नेपालमा कलाकारहरुले बढी जसो प्रयोग गर्ने सामाजिक सञ्जालको माध्ययम भनेको फेसबुक हो । १ लाख ९ हजार ६ सय ३७ भन्दा बढी लाइक रहेको गायक राजेश पायल राईको फेसबुक फ्यान पेज भेरिफाइड भएको ।
लाइकको आधारमा भन्दापनि विश्वसनियताको आधारमा फेसबुकले आधिकारीक रुपमा प्रमाणित गर्ने गरेको छ । लाइकको संख्या ५ हजार नै किन नहोस्, तर विस्वास दिलाउन सके फेसबुक पेज भेरिफाइड हुने गरेको छ ।
कसरी हुन्छ फेसबुक भेरीफाइड ?
चचिर्त व्यक्तित्व र धेरै संख्यामा समर्थक तथा फ्यानहरु भएको पेज वा प्रोफाइललाई फेसबुकले बिस्वस्नीय भएको पुष्टी गर्दै भेरिफाइड सिग्नल दिने गरेको हो । यसरि फेसबुकले आधिकारिक रुपमा प्रमानित गरेको व्यक्तिगत प्रोफाइल वा पेजमा निलो चिन्ह देख्न सकिन्छ । प्रमानित हुने व्यक्तिगत प्रोफाइल वा पेज निम्न हुन सक्छन् :–
– सेलिब्रेटि
– पत्रकार
– सरकारी अधिकारी
– लोकप्रिय ब्राण्ड र व्यवसाय, आदी ।
फेसबुक पेज भेरिफाइडका फाइदाहरु के ?
१. फेसबुक पेज भेरिफाइड भयो भने सम्वन्धित व्याक्ति वा संस्थालाई आफ्नो कुनै नयाँ काम तथा प्रोडक्ट जनता समक्ष वा फ्यानहरु समक्ष पुर्याउन सजिलो हुन्छ ।
२. फेसबुक पेज भेरिफाइड भएपछि आफ्ना फ्यानहरु एकमुस्ट हुन्छन् ।
३. सेलिब्रेटिहरुले आफ्ना फ्यानहरुसंग सजिलोसंगै मिल्न पाउछन् । उता दर्शकहरुपनि आफुलाई मनपरेको कलाकारको बारेमा नजिकबाट जान्न पाउछन् ।
४. नक्कली फेसबुक पेजहरु भेरिफाइड पेजमा मर्ज हुन्छ । जस्ले गर्दा लाइक गर्नेलाई पनि दोधार हुदैन । आदी ।
प्रतिक्रिया