Bisal Chautari Logo

संगितमा संख्यात्मक होईन गुणात्मकता खोज्ने भलाकजी

- २० श्रावण २०७१, मंगलवार १७:२७ मा प्रकाशित


Bhala Kaji Rai

संगीत संवाद

भिम राई
काठमाडौं, २०७१, श्रावन, २० मंगलबार ।
भिन्चीको मोनालिसा जस्तै, गोर्कीको आमा जस्तै
मेरो प्यारो नेपाल, मेरो प्यारो नेपाल, प्यारो नेपाल
सुनाखरी फुल्ने पाखा जाही जुही झुल्ने पाखा
लज्जावती लजाको राम्रो गितै मिठो लै बरी भाका
सुदुर गाउमा जन्मेका उर्जावान युवा भलाकाजी राईको शब्द संगितमा रहेको राष्ट्रिय गित हो यो । प्राय स्टेजहरुमा गितहरु गाउने गाउका कलाकार तथा युवा कवि भलाकाजी राई जनजिविकाको गित गाउछन् । बाल्यकालमा उकाली ओराली गर्दै मेलापातमा जादा आफन्तहरुले गाएको सुनेर संगितमा रमाउन पुगेका राईले आफ्नै बाबाले गित गाएको र गाउन सिकाएको बताउछन् । Bhala Kaji Rai (1)त्यो बेला चलेको गित ‘मायाको बारीमा प्रितिको फूल संगाली राखेको कुसुमे रुमाल’ पहिलो चोटी बाबाले गाउन सिकाउनु भएको राई भन्छन् । यस पछि मेलापातमा जााद गाउाका अग्रजहरुले गाएको हाकपारे गित ‘सर्लगंै यो केश मायाले काटयो नौ डाडाा नौ देश’, ‘छम छम घाास डाले, धेरै धेर सम्झना ए होइ मै जाले’ । जस्ता गितहरुले त्यो गाउनै संगितमय बनाए पछि को हुादैन त कलाकार उनको भनाई छ ।
कलायात्रा तय गरेपछि शुरुमा रामेश रायनको गित गाउादै हिडेका उनि आफैले पनि गित संगित गर्न थालेको धेरै भयो तर काठमाडौको भिडमा छिरेर काम गर्न नजुरेको बताउने उनको बाटो सुल्टिएको बताउछन् । किनार सोलो अडियो एल्बम बजारमा ल्याएको उनको संगित यात्रामा रामेश रायनको सबैभन्दा कठोर पहाड चढ्दै छौ तर गर्विलो पहाड चढ्दै छौ जस्ता गितहरुले प्रेरणा दिईरहेको छ । आफ्नो अनुभतिमा सिर्जना निरन्तर गर्ने तर नामकालागि नभएर आत्मसन्तुष्टिका लागि गर्दै आएको बताउने राई आफुले संगितलाई अभिव्यक्तिको सुन्दर माध्याम ठानेका छन् । संगित भनेको जर्बजस्त थोपरिएको जस्तो माटोको ढिस्कुनो होईन । संगित भनेको त भर्खरै काढेको महको शुद्ध चाका हो जस्लाई चटक्क काटेर मुखमा लगाउादा जस्तो स्वाद हुन्छ त्यस्तै हुनु पर्छ भन्छन उनि । गित, संगित तथा गायकीको अलवा कविता लेखनमा समेत राम्रै उपस्थित दिने कलाकार राईको पुर्वेली लोक भाकाका मारुनी गित आकाशैमा हेर है झिलि र मिली तारा धरतीमा के फूलै फुल्यो, जीउवै लैग्यो जैमाईले नरलोकमा माया भुल्यो , निकै चर्चामा रहेको छ । यस्तै धान नाचमा भेटौला, तिमिले विर्सेर रै आजमेरो यो हाल भो , आरु फुल्दा भेटौाला मायालु पैयुा फुल्दा छुटौाला मायालु , टिनको टोकरी जस्ता लोक आधुनिक गित बजारमा आएको छ । Bhala Kaji Rai (2)
जनवादी गित तथा संगित हुदै सिर्जनाको यात्रामा जमेका उनि संगितमा संख्यात्मक होईन गुणात्मकता चाहिएको अनुभव राख्छन् । हतारमा गरिएको काम लतारिएको हुने उनको तर्क छ । संगितको बजार बढ्दै गएको छ । तर समाउने कोशिस नभएकाले छिनमा आउने छिनमा हराउने नव कलाकारहरुको मनोदशा देखेका उनि संगित बजारमा आउन हतार गर्न नमिल्ने र आए पछि फर्किन नहुने पनि तर्क राख्छन् । हतारमा आएका सिर्जनाले वास्तविक सिर्जनाको अन्त्य हुन सक्ने भएकाले आज व्यवासायिक संगित यात्रामा आउँदा समस्याहरु देखिएको बताउने राईले चाडै अर्को एल्बमको तयारी गरिरहेका छन् । कालिका मावि राखाबाङदेल खोटाङमा प्रारम्भिक अध्ययन गरेको राई ‘रामसाईला शुरुबुरु लांकुरीको लंकै पुग्यो जरा, राम साईला दुखीको ज्यानलाई दुष्टले याहाँ भन्दैन है बरा’ यहि गितबाट पहिलो स्टेजमा जमेका थिए ।
जतिहामी माथि जान्छौ घामको नजिक पुग्छौा ,
न्यानो नया किरणको ताप हामी पाउछौ ,
यात्रा हाम्रो जिन्दगीको वर्षौ वर्ष सम्म ,
बढी रहन्छौ नपुगिन्जेल आफ्नो लक्ष्य सम्म ,
यो गितको हरफले अझै जाागर भरिरहेको बताउने राई आफ्नो बाबा मारुनी नाचको मुलमादले कर्ण बहादुर राईलाई आफ्नो प्रमुख गुरुको रुपमा मान्छन । उनको रगतमा ममा छ, राईको भनाई छ ।

प्रतिक्रिया