Bisal Chautari Logo

गीतार माइस्ट्रोको तेस्रो संस्करण हुने

- २० श्रावण २०७१, मंगलवार १६:४४ मा प्रकाशित


guitar maestro-3 press meetguitar maestro-3 (1)
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २० मंगलबार । गीतार बजाउने युवाहरुको प्रतिभालाई प्रष्फुटाउन गराउादै उनीहरुको कलालाई सार्वजनिक रुपमा प्रस्तुत गर्न राजधानीमा ‘गीतार माइस्ट्रो ३, माष्टर अफ स्ट्रिङ’ नामक राष्ट्रियस्तरको गीतारवादन प्रतियोगिताको टेलिभिजन रियालिटी शो हुने भएको छ । गीतार माइस्ट्रो नामक संस्थाले आयोजना गर्न लागेको प्रतियोगिताको अडिसन आगामी साउन ३० गतेबाट शुरु हुनेछ ।
आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मनोरञ्जनसागै युवाको प्रतिभालाई उजागर गर्न प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । ‘अनप्लग्ड, एकोष्टिक गीतार विथ ए रिनाउन्ड सिंगर, माई अन स्टाइल, मेटल, फ्युजन, रक एण्ड रोल, सिङगिङ, बुलेट ब्याटल, साउण्ड इफेक्ट एण्ड स्टन्ट र कम्पोजिसन थिम म्युजिकजस्ता विधामा प्रतियोगीले प्रतिष्पर्धा गर्नुपर्नेछ,’आयोजक संस्थाका प्रबन्ध निर्देशक विनोद ओझाले भने,‘काठमाडौंसहित पोखरा, विराटनगर, धनगढी र भारतका सिक्किम, दार्जिलिङलगायतका स्थानमा अडिसन लिनेछौं ।’ विश्वमै पहिलोपटक नेपालमा आयोजनाको दाबी गरिएको यो शोको पहिलो संस्करण २०१० मा र दोस्रो संस्करण २०१२ मा राजधानीमा सम्पन्न भईसकेको छ ।guitar maestro-3 (2)
आयोजकका अनुसार प्रतियोगितामा सहभागी जनाउन चाहनेको उमेर १६ देखि ३५ वर्षसम्मको हुनुपर्नेछ । स्थानीय निर्णायकबाट छनौंट भएका उपत्यका बाहिरका एक सय जना प्रतियोगीले राजधानीमा रहेका वरिष्ठ गीतारवादकहरु सम्मिलित निर्णायक मण्डलकामाझ आफ्नो कला प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ठ ३० को छनौंट पछि कार्यक्रम इमेज च्यानल टेलिभिजनमार्फत प्रसारण हुनेछ ।
अमेरिकी गिटारिष्ट टेड मेसोन र इमिल थोमस् अतिथिका रुपमा रहने प्रतियोगिताको निर्णायकमा गौरव शर्मा, श्यामकृष्ण शाक्य, सुदिप रिजाल, मेसोन, थेमोसलगायत रहनेछन् । प्रतियोगिताको विजेताले एक लाख रुपैंयाासहित विशेष किसिमको गितार प्राप्त गर्नेछन भने दोस्रो र तेस्रो हुनेले क्रमश: ५० र २५ हजारसहित विशेष किसिमको गीतार पाउनेछन् । प्रतियोगितामा चौथो र पााचौ हुनेले जनही १० हजार प्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलनमा निर्णायकहरु गौरव शर्मा, सुदिप रिजाल, श्यामकृष्ण शाक्यलगायतले प्रतियोगिताको विविध पक्षका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया