Bisal Chautari Logo

राजेश पायललाई १ महिना कुर्दै नाई नभन्नु ल–३ को गीत रेकडिङ (भिडियो सहित)

- १९ श्रावण २०७१, सोमबार १८:३६ मा प्रकाशित


Rajesh Payal Rai New Timi hashda mero khusi timi sanga hunxa | nai nabhannu la–3 song recording 
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, १८ आइतबार । सफल चलचित्र ‘नाई नभन्नु ल’को गीतहरु सुरुवातदेखी नै राम्रो रहदै आएको छ । यही सफल चलचित्र ‘नाई नभन्नु ल’को सिक्वेल ३ अर्थात ‘नाई नभन्नु ल–३’को गीतहरु रेकडिङ हुने क्रम जारी रहेको छ । Rajesh Payal Rai New Timi hashda mero khusi timi sanga hunxa  nai nabhannu la–3 song recording  (1)
यस्तै क्रममा गत आइतबार ‘नाई नभन्नु ल–३’को टाइटल गीत ‘तिमी हास्दा मेरो खुसी तिमीसंग हुन्छ’ रेकडिङ भएको छ । यस गीत रेकडिङको बारेमा कुराकानी गर्दै चलचित्रका निर्देशक विकाश आचार्यले गायक राजेश पायल राईलाई १ महिना कुर्न परेको बताए । एक महिनाको पर्खाइ अनुसार गीत राम्रो बनेको निर्देशक आचार्यले बताए ।

[gss ids=”4854,4853,4852″]

नेपाली आधुनिक तथा पाश्र्व गायनका नम्बर १ गायक राजेश पायल राईले गीत रेकडिङको समयमा कुराकानी गर्दै एउटा सफल सिनेमाको गीतका लागी १ महिना कुरेको सुन्दा आफुलाई सफल महशुस गरेको बताए । विशाल चौतारीसंगको कुराकानीमा गायक राईले गीत राम्रो बनाउने कौसिश गरेको र राम्रो नराम्रो छुट्याउने जिम्मा भने दर्शक श्रोताहरुको रहेको बताए ।
पछिल्लो समयका ब्लाक बस्टर संगीत निर्देशक बसन्त सापकोटापनि हर्सिद मुद्रामा थिए । चलचित्रको गीतहरु सिनेमा युनिटले मनपराएको र दर्शकहरु प्रतिकृयाको पर्खाइमा रहेको बताए । चलचित्र ‘नाई नभन्नु ल–३’को यो गीत संगीतकार स्वयम बसन्त सापकोटाले लेखेका हुन् ।

प्रतिक्रिया