Bisal Chautari Logo

नेपाली संगीतलाई योगदान दिन एल्बम ल्याउदै गंगाराज

- १८ श्रावण २०७१, आईतवार १२:२१ मा प्रकाशित


 Ganga Raj Rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, १८ आइतबार । नेपाली साङ्गीतिक क्षेत्रलाई केही योगदान गरौँ भन्ने चाहनाले युवाहरु गयनमा लाग्दैनन् । तर नव गायक गंगाराज राई भने नेपाली साङ्गीतिक क्षेत्रलाई केही योगदान दिने सोचले गायनमा लागेको बताउछन् । Ganga Raj Rai (1)
युकेदेखी छोटो छुट्टिमा नेपाल आएका गायक गंगाराज अहिले एल्बम तयारीकै लागी दौडधुप गरिरहेका छन् । धमाधम रेकडिङ भइरहेको एल्बमको नाम भने ‘आभाष’ जुराई सकेका छन् । नव गायक गंगाराजको एकल स्वर रहने एल्बममा रचनापनि चन्द्रावती राइको एकल रहने भएको छ । Ganga Raj Rai (2)
एल्बम ल्याउन भन्दा अगाडी करिव १ दर्जन गीतहरु गाइसकेका राईले ६ वर्षको सास्त्रिय संगीतको अध्ययन लिएका छन् । विशाल चौतारी डटकमसंग कुराकानी गर्दै गायक राईले भने –‘कला निधी इन्दिरा संगीत महा विद्यालयमा इलाहावाद अन्र्तगतको ६ वर्ष अध्ययन गरेको छु ।’ स्कुले जिवनदेखी नै संगीतमा रुचि राख्ने र स्कुलमा हुने कार्यक्रमहरुमा गाउने गरेको पनि नव गायक गंगाराजले सम्झिए । अहिले विदेशमा रहेरपनि संगीतलाई आफुले नभुलेको गायक राईले बताए । भने–‘युकेमा एक संगीत विद्यालयमा संगीत अध्यापन गराइरहेको छु ।’ एल्वममा पावल चाम्लिङ राई, बिसी राई, महेश खड्काको संगीत रहनेछ, भने एल्बम एक महिनापछी बजारमा आउनेछ ।

प्रतिक्रिया