Bisal Chautari Logo

सिन्धुपाल्चोकमा सुनकोसी नदी थुनिदा ठुलो विप्पती||पहिरोबाट ६ शव बरामद (फोटो फिचर सहित)

- १७ श्रावण २०७१, शनिबार ०४:३९ मा प्रकाशित


Massive landslide blocks Sindhupalchowk Sunkoshi River, 6 killed 
काठमाडौं, २०७१, श्रावन, १७ शनिवार । काठमाडौंबाट चीनको सीमा क्षेत्र तातोपानी पुग्ने अरनिको राजमार्ग छेउबाट बाग्ने सुनकोसी नदी माङखा गाविसको ड्याम साइड भन्ने स्थानमा थुनिएको छ । अरनिको राजगमार्गमाथिबाट गएको ठूलो पहिरोले नदी थुनिएको हो । त्यहाँ राजमार्ग पुरै पुरिएको छ । Massive landslide blocks Sindhupalchowk Sunkoshi River, 6 killed  (1)
राति करिब साढे २ बजेतिर आएको पहिरोले बनेको अस्थायी बाँधले पानी थुनिएको नदी जलाशयमा परिवर्तन हुँदै गएको छ । नदीको प्राकृतिक बहाव हुननसक्दा सम्भावित ठूलो खतराको सम्भावना छ । थुनिएको पानी एकैचोटी निकास भए ठूलो बाढी आउने सक्ने आँकलन गरिएको छ । पहिरोले माङखा गाविसको २० देखि २५ घर पुरिएको स्थानीय प्रशासनले जनाएको छ । घट्नास्थलमा ६ जनाको शव भेटिएको छ । नदी थुनिएको स्थानभन्दा तीन किलोमिटर माथि बाहृबिसे बजारसम्म जमेको पानी पुग्न थालेको छ । थुनिएको स्थानभन्दा माथि डुबानको र खोला एकैचोटी खुले तल तिर ठूलो धनजनको क्षतिको सम्भावना अुनमान गर्दै स्थानी प्रशासनल नदी छेउ छाउका वासिन्दालाई सुरक्षित स्थानमा सर्नलाई आग्रह गरेको छ ।

[gss ids=”4813,4815,4814,4812″]

सुनकोसी आसपासका बाहृबिसे, लामोसाँघु, खाडी चौर,बलेसी, सुकुटेसम्मको बजार खतरामा छ । त्रसित स्थानीयबासी सुरक्षित स्थलको खोजीमा छन् । सिन्धुलीमा पनि स्थानीय प्रशासनले सुनकोसी छेउका वासिन्दालाई सतर्क गराएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले अकल्पनीय घटना भएको बताएका छन् । उनले थुनिएको खोला कसरी सुरक्षित रुपमा खुलाउने र स्थानीयको उद्धारबारे विभिन्न कोणबाट छलफल भइरहेको बताए । स्थानीयको उद्धारमा सेनाको हेलिकप्टर परिचालन गरिएको छ । सेनाले बम हानेर पहिरो हटाउने विषयमा पनि छलफल भएको जनाइएको छ । काभ्रे प्रशासनले पनि सुनकोसी खोला छेउका दोलालघाट देखि सिन्धुलीको केशेश्वर दुम्जा क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा सर्न सतर्क गराएको छ ।
त्यस्तै गएराती देखि नै सिन्धुपाल्चोकको जुरेमा सुनकोसी नदी थुनिएको खबर आएपछि नदीले असर गर्न सक्ने यहाँको नदी किनारक्षेत्रमा सतर्कताको लागि आव्हान गरिएको छ । सिन्धुली र उदयपुरसँग जोडिएको हर्कपुर, टोक्सेल, सिस्नेरी, वलखु, पलापु क्षेत्रमा प्रहरीको टोली पठाई सुरक्षित रहन स्थानीयलाई आग्रह गरिएको जिल्ला प्रहरीका प्रहरी निरिक्षक श्याम खत्रीले बताए । थुनिएको नदी फुटिनसकेकोले तत्काल त्रसित नहुन प्रहरीले जनाएको छ । सर्वसाधारण भने नदी किनार छोडेर उच्च भाग तर्फ सर्न थालिसकेका छन् ।
स्रोत : इकान्तिपुर ( ऋषिराम पौडेल) तस्बिर : सामाजिक सञ्जाल

प्रतिक्रिया