Bisal Chautari Logo

राई इज किङले मलेसिया नचाए (फोटो फिचर सहित)

- १३ श्रावण २०७१, मंगलवार १५:०८ मा प्रकाशित


rajesh payal rai Malaysia Concert 
विशाल चौतारी समाचार 
काठमाडौं, २०७१, श्रावन, १३ मंगलबार । नेपाली आधुनिक तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईले आफ्नो साङ्गीतिक वल्ड टुरको क्रममा केही दिन अगाडी मलेसियामा भएको साङ्गीतिक कन्र्सटमा आफ्ना चर्चित गीतहरु गाएर दर्शकहरुलाई नचाएका छन् । यो मलेसियाको कार्यक्रमसंगै गायक राई इज किङले आफ्नो साङ्गीतिक वल्ड टुरको बिटपनि मारेका छन् ।rajesh payal rai Malaysia Concert  2014 (1)
मलेसियामा भएको कन्सर्टमा गायक राजेश पायल राईले ‘छैन तिमी बाहेक, दर्शन नमस्ते, दर्शन नमस्ते–२, धरान धनकुटा, तिन तारा तिन तिर, दिक्तेल बजार, फेरी फेरी नाइ नभन्नु ल–२, मोहनी लाग्ला है, नौझाले मायाले लगायत दर्जनौ आधुनिक तथा पाश्र्व गीतहरु गाएर आफ्ना दर्शक श्रोताहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।

[gss ids=”4781,4780,4782,4783,4784,4779″]

कार्यक्रममा गायक राजेश पायल राईलाई लोक दाहोरी गायक देवी घर्ती मगर, राजु ढकाल, प्रहशन तर्फ दमन रुपाखेती, सुरविर पण्डित र अभिनेत्री सारिका घिमिरेले साथ दिएका थिए । कन्र्सट लगातार ४ घण्ट चलेको थियो । गायक राई आफ्नो साङ्गीतिक वल्ड टुरको क्रममा अमेरीका, क्यानडा र अष्ट्रेलियाको सो सकेर मलेसिया आएका हुन् ।

प्रतिक्रिया