Bisal Chautari Logo

राजेश पायल विरुद्ध गतल समाचार किन आयो ? उज्यालो अनलाइन प्रती घोर आप्पती

- १३ श्रावण २०७१, मंगलवार ०६:०० मा प्रकाशित


rajesh payal rai and teria magar

नेपाल आदिवासी जनजाति महासंघ किन चुप ?

‘यो कुरालाई त बरु जनजाती महासंघले बिरोध गर्नु पर्ने किन गरेन म अचम्ममा छु । र सजाय मैले दिने होइन म हिङसा पनि चाहन्न । यदि भगवान छ भने उसैले सजाय दिनेछ मेरो लागि त भगवान दर्शक श्रोता नै हून । ’

विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, १३ मंगलबार । नेपाली आधुनिक तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईको बारेमा एक चरित्र हत्या गर्ने समाचार उज्यालो अनलाईनमा सार्वजनिक भएको थियो । यही उज्यालो अनलाइनको समाचार प्रती गायक राजेश पायलले आफ्नो घोर आप्पती रहेको आफ्नो फेसबुक पेज मार्फत विज्ञप्ती जारी गरेका छन् । rajesh payal rai and teria magar (1)
प्रसंग थियो मलेसियामा हालै आयोजित साँस्कृतिक कार्यक्रममा सम्मानका विषयमा ‘राजेशपायल राईले भाँडभैलो गरे’ भन्ने समाचार । राजेशपायल राईले सम्मानको विषयमा लिटिल मास्टर २०१४ विजेता टेरिया मगरसँग आफ्नो नाम जोडिएर आएको उज्यालो अनलाइनको समाचारप्रती असन्तुष्टि जनाएका हुन् । गायक राईले आफ्नो अफिसियल फेसबुक पेजमा लेख्दै केही व्यक्ति विशेषले आफू बिरुद्ध नकारात्मक प्रचार गरेर फाइदा लिने कार्यमा लागेको बताएका छन् । उनको स्ट्याटस अनुसार समाचारमा प्रकाशित भएजस्तो कुनैपनि घटना नभएको दाबी गरे ।
गायक राईले सम्मन आफूलगायत कार्यक्रममा उपस्थित सबै कलाकारलाई गरिएको बताएदै लेखेका छन्–‘ हिजो खुकुरी रेस्टुरेन्टमा भएको मनगधन्ते बहुत झूत र बक्वास अनिअरुको चरित्र हत्या गर्ने उज्यालो डट कम प्रती घोर आपती छ ।

[gss ids=”4774,4776,4775,4773″]

हिजो भएको सम्मान कार्यक्रममा मलाई सम्मन नगरेको कारण देखाएर जुन किसिमको चरित्र हत्या गर्ने कोशीस गरियो त्यो सरासर गलत हो । सम्मन त मलाई पनि गरियो र तेरियालाई पनि । सम्मान भन्नाले खदा ओधैएको हो र अर्कोकुरा मलाई मात्र होइन अरु कलाकार हरु पनि थिए । सम्मन पाएकाहरु जस्तो दमन रुपाखेती , देवी घरती ,राजु ढकाल ,सुर्बिर पण्डित, सन्जोग लामा, सारीका घिमिरे आदी कलाकारहरु’, गायक राजेश पायलले लेखेका छन् ।
मलेसियास्थित नेपाल आदिवासी जनजाति महासंघले खुकुरी रेष्टुरेण्टमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा लागि गायक राजेश पायल राई, टेरिया, सुरवीर पण्डित, देवी घर्ती, पशुपति शर्मा, नायिका पुजना प्रधान, दमन रुपाखेती, राजु ढकाल, सञ्जोग लामा, सारिका घिमिरेलगायतका कलाकार गएका थिए ।
प्रकाशित समाचारप्रती गायक राइ इज किङले जनाएको आप्पती

मेरो घोर आपती

हिजो खुकुरी रेस्तुरेन्ट मा भएको मनगधन्ते बहुत झूत र बक्वास अनिअरुको चरित्र हत्या गर्ने उज्यालो डट कम प्रती घोर आपती छ ।
हिजो भएको सम्मन कार्यक्रममा मलाई सम्मन नगरेको कारण देखाएर जुन किसिमको चरित्र हत्या गर्ने कोशीस गरियो, त्यो सरासर गलत हो । सम्मन त मलाई पनि गरियो र तेरिय लाई पनि, सम्मान भन्नाले खदा ओधैएको हो र अर्कोकुरा मलाई मात्र होइन अरु कलाकारहरु पनि थिए । सम्मान पाएकाहरु जस्तो दमन रुपाखेती, देवी घरती, राजु ढकाल, सुबिर्र पण्दित, सन्जोग लामा, सारीका घिमिरे आदी ।
न म त्यहाँ बोले न दु:ख नै पोखे । मलाई खान मन छैन भर्खर खाको खाना भनेर त्यहाँ बाट हिंडेको हो । अरु के भयो मलाई थाहा भएन । यो कुरालाई त बरु जनजाती महासंघले बिरोध गर्नु पर्ने किन गरेन म अचम्ममा छु । र सजाय मैले दिने होइन म हिङसा पनि चाहन्न । यदि भगवान छ भने उसैले सजाय दिनेछ मेरो लागि त भगवान दर्शक श्रोता नै हून । र कार्यक्रम अत्यन्त सफल भइरहेको जानकारी गरौदछु । र अन्त्यमा मेरो कुरा काट्दा कसैको रोजिरोति चल्छ भने भगवान अझै कुरा काट्न देउ सबैको भलो होस् दर्शन नमस्ते ।

प्रतिक्रिया