Bisal Chautari Logo

कुवेतमा खोटाङ्गे स्रष्ठाले अक्टुबर २७ तारिक धमाका मच्चाउने

- १२ श्रावण २०७१, सोमबार १९:०२ मा प्रकाशित


Santosh Dumee rupkumar rai program
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, १२ सोमबार । कुवेतमा खोटाङ्गे स्रष्ठाले अक्टुबर २७ तारिक धमाका मच्चाउने भएका छन् । खोटाङ कुवेत सम्पर्क मञ्चले आयोजना गरेको कन्र्सटमा नेपाली साङ्गीतिक क्षेत्रमा निकै लामो समयदेखी लागिरहेका गायक गायिकाहरुको भव्य प्रस्तुती हुने भएको छ । Santosh Dumee rupkumar rai program
कन्सर्टमा जाने मध्येका एक गायक तथा संगीतकार सन्तोस दुमी राईले विशाल चौतारीलाई बताउदै भने ‘– कन्सर्ट भब्य हुने पक्का छ । मैले कन्सर्टमा मेरो चर्चामा रहेका करिव ७–८ वटा गीत प्रस्तुत गर्नेछु’, दुमीले बताए । विभिन्न देशदेखी विदेश सम्मका कार्यक्रमहरुमा प्रस्तुत भइरहने संगीतकार सन्तोस दुमी नेपाली साङ्गीतिक क्षेत्रमा लागेको एक दशक बढी भएको छ ।
त्यस्तै कन्सर्टमा पछिल्लो समय फरक धारको गीतहरु ल्याउने गायकको रुपमा परिचित गायक रुपकुमार राईकोपनि प्रस्तुती रहने भएको छ । उता कन्सर्टमा मोडल पार्वती राई, कला राई, युवा गायक सुमन सरगम र सविन दुमी राईको भव्य प्रस्तुती रहने भएको छ ।

प्रतिक्रिया