Bisal Chautari Logo

प्रियंकाको भित्री वस्त्र बिवाद चलचित्र पत्रकार संघमा आएर सुल्झियो

- १२ श्रावण २०७१, सोमबार ०६:२७ मा प्रकाशित


priyanka karki hot issue with jiwan parajuli
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, १२ सोमबार । अभिनेत्री प्रियंका कार्कीको भित्री बस्त्र बिवाद अनन्त चलचित्र पत्रकार संघमा आएर सुल्झिएको छ । अभिेनत्री कार्कीले फेसबुकमा लेखेको एक स्टाटसका बिषयमा आफूले आवेगमा आएर लेखेको भन्दै फिर्ता लिएको जनाएकी छिन् । अभिनेत्री कार्कीसँगको विवाद टुङगिएको चलचित्र पत्रकार संघका महासचिव सन्दिप सापकोटाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।priyanka karki hot issue with jiwan parajuli (1)
केही समय अगाडी अभिनेत्री कार्की अभिनित चलचित्र चलचित्र ‘नाई नभन्नु ल २’ को सक्सेस पार्टीमा पहिरन सम्हाल्न नजान्दा उनको भित्री बस्त्र देखिएको तस्बिर कैद भएको थियो र मिडियामा सार्वजनिक भएको थियो । तर उनले सार्वजनिक भएको फोटो पत्रकारहरुले फोटोसप मार्फत आफ्नो तस्बिर बिगारेको भन्दै अपशब्द सहितको स्टाटस लेखेकी थिइन् । त्यही समयमा चलचित्र पत्रकार संघका सदश्य जीवन पराजुलीले अभिनेत्री प्रियंकाको स्टाटसले पत्रकारिता र पत्रकारहरुको नै धज्जी उडाएको भन्दै चलचित्र पत्रकार संघमा उजुरी दिएका थिए । priyanka karki hot issue with jiwan parajuli (2)
थप प्रेस विज्ञप्तिमा 

प्रेस बिज्ञप्ती

अभिनेत्री प्रियंका कार्कीसागको बिबाद अन्तत आएर समाधान भएको छ । अभिनेत्री कार्कीको फोटो प्रकरणलाई लिएर उनले फेसबुक स्टाटस मार्फत प्रेस बिरुद्ध अभिव्यक्ति दिएपछि उनि बिरुद्ध चलचित्र पत्रकार संघका सदस्य जीवन कुमार पराजुलीले अभिनेत्री कार्कीको अभिव्यक्तिलाई लिएर संघमा उजुरी हालेका थिए । प्रेसको मर्यादा भुल्न नहुने भन्ने बिषयमा अभिनेत्री प्रियंका कार्कीसाग चलचित्र पत्रकार संघले वहस थालेको थियो । अन्तत अभिनेत्री प्रियंका कार्कीले तत्कालिन अवस्थामा आवेगमा आफुले सो स्टाटस राखेको र प्रेसको सम्मान गर्दै स्टाटस हटाएर अभिव्यक्ति फिर्ता लिएका कारण जनाएकोले अभिनेत्री कार्कीसागको बिबाद टुङ्गिएको हो । अभिनेत्री कार्कीले चलचित्र पत्रकार संघलाई लेखेको पत्रमा भनेकी छिन –
”सञ्चारकर्मी तथा पत्रकार साथीहरुसाग मेरो सम्बन्ध सधै राम्रो रहिआएको र आउदो दिनहरुमा पनि यो सम्बन्ध कायमै राख्नको लागि, मैले लेखेको स्टाटसमा व्यक्तिगत रुपमा कसैको नाम नलिएको अवस्थामा पनि कसैले चित्त दुखाउला वा कसैले व्यक्तिगत रुपमा लिनुहोला भन्ने सोच राखेर नै उक्त स्टाटस सम्मान पुर्वक आफ्नो शब्दहरु फिर्ता लिदै हटाए । जुन स्टाटसले गर्दा यो कुरा यहाासम्म आइपुगेको छ, उक्त स्टाटस नै हटाएको अवस्थामा यो सम्पूर्ण मामला यहि नै टुङ्गिने मैले बुझेकी छु । कलाकार र पत्रकारको सहकार्य र मेलमिलापले नै चलचित्र उधोग बिकासको पथमा लम्किने भएकोले, हाम्रो सहकार्य सधै रहिरहोस भन्ने कामना सहित यो निवेदन पेश गरेकी छु । – प्रियंका कार्की ।
माथि उल्लेखित अभिव्यक्ति आफ्नो स्टाटस सच्याउदै अभिनेत्री प्रियंका कार्कीले शब्द फिर्ता लिएकोले यो विवाद टुङगाइएको छ । सम्पूर्ण उधोगको बिकाशमा कलाकार वा चलचित्रकर्मी र चलचित्र पत्रकारहरुको हातेमालो जरुरि छ । आगामी दिनमा पनि कुनै चलचित्रकर्मीवाट प्रेस जगतको मर्यादा उल्लङ्घन नहोस र पत्रकारहरुवाट पनि प्रेसको मर्यादा कार्यान्वयन गर्दै कार्यरत रहन अनुरोध गरिन्छ । सके सम्म कलाकार होस् वा पत्रकारवाट बिबाद आउने काम नै नगर्न र कथंकदाचित आइहालेमा चलचित्र पत्रकार संघ सहजीकरण भूमिका निभाउन तत्पर रहेको समेत यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गराईन्छ । धन्यवाद ।

सन्दिप सापकोटा
महासचिव

प्रतिक्रिया