Bisal Chautari Logo

नेफ्टा अवार्ड बिवादै बिवादमा सम्पन्न

- १८ माघ २०७०, शनिबार १८:३४ मा प्रकाशित


नेफ्टामा आर्यन र ऋचा सर्वोत्कृष्ट 
विशाल चौतारी समाचार
काठमाडौं, १८ माघ ।
मलेसियामा सम्पन्न छैटौं नेफ्टा अवार्ड बिवादै बिवादमा सम्पन्न भएको छ । यस मध्ये अभिनेत्री रेखा थापाको असहभागीतालाई लिएर अर्कैलाई अवार्ड दिने निर्णयपुर्ण धम्कि र अवार्डको ट्रफी ओस्कारको प्रयोग गरिएको रहेको छ ।
अभिनेत्री रेखा थापाले प्रेस विज्ञप्ती जारी गर्दै अवार्डको बारेमा गरेको बार्गेनिङको खण्डन गरेकी छिन् । अभिनेत्री थापाले जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ–‘कार्य व्यस्तताले गर्दा म समारोहमा उपस्थित हुन नपाउने जानकारी गराउँदा पनि उत्तक्र कार्यक्रमको प्रचार सामाग्रीमा मेरो फोटो राखेर प्रचार गरिनु, तिमी उपस्थित नभए तिमीले पाउने अवार्ड अर्कैलाई दिन्छु भनी म माथि धम्कीपूर्ण दबाब दिइनु । अनि रेखा थापा उपस्थित हुन्न भन्ने ठहर भएपछि रेखा थापाले धोका दिइन् भनेर प्रचार गरिनुले म लगायत मेरो क्षेत्रलाई हृदय देखि माया गर्ने सम्पूर्णमा अझ बढी अन्याय भएको मैंले ठहर गरेकी छु ।’
प्रेस विज्ञप्तीको आधारमा अभिनेत्री रेखाले आफु अवार्डमा उपस्थित नहुनुको बारेमा प्रश्ट्याउदै रेखा थापा फाउन्डेशन र छायाँकनको तयारीमा रहेको चलचित्र ‘हिम्मतवाली’को कार्य व्यस्तताले अवार्ड समारोहमा सहभागीता हुन नपाएको उल्लेख गरेकी छिन् ।
नेपाली चलचित्र क्षेत्रलाई विश्वमै चिनाउँने उद्देश्यले आयोजना गरिएको नेफ्टा अवार्डमा अर्को कमजोरी अवार्डको ट्रफीमा पनि देखिएको छ । मलेसियाको सेतिया सिटी कन्भेन्सन सेन्टरमा भएको नेफ्टा अवार्डमा विश्वकै लोकप्रीय अवार्ड ओस्कार अवार्डको ट्रफी सिधै प्रयोग गरीएको छ । प्रचार–प्रसारमा अवार्डको ट्रफी अर्कै प्रयोग गरिएको भएपनि अवार्ड समारोहमा राखिएको प्राय सबै फ्लेक्सहरुमा ओस्कार अवार्डको टर्फी राखिएको थियो ।
नेफ्टामा आर्यन र ऋचा सर्वोत्कृष्ट
नेफ्टा अवार्डमा ‘फिल्म मेरो लभ स्टोरी’ चलचित्रबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री ऋचा शर्माले उत्कृष्टको अवार्ड आफ्नो पोल्टामा पारेका छन् । उत्कृष्ट फिल्म ठहरिएको चलचित्र ‘काठमाण्डू’का निर्देशक आकाश अधिकारीले उत्कृष्ट निर्देशकको अवार्ड पाए । फिल्म ‘फेसबुक’बाट अभिनेत्री झरना थापाले उत्कृष्ट खलपात्रको अवार्ड पाइन् । यस्तै उत्कृष्ट पटकथाकारसँगै निश्चल बस्नेतले चलचित्र ‘लुट’बाट नव निर्देशकको अवार्ड पाउदा चलचित्र ‘सायद’का संयम पुरी र चलचित्र ‘अन्दाज’का सविन श्रेष्ठले नव अभिनेताको अवार्ड पाएका थिए । यस्तै विल्सन विक्रम राई चलचित्र ‘सायद’ चलचित्रबाट उत्कृष्ट हाँस्य कलाकारको अवार्ड पाए । चलचित्र ‘मायाज बार’को ‘सरसर’ बोलको गीतबाट गायक राजेश पायल राईले उत्कृष्ट पुरुष गायकको अवार्ड पाउँदा चलचित्र ‘अन्दाज’को ‘सिम्पल सिम्पल कान्छीको’ बोलको गीतबाट गायिका माण्डवी त्रिपाठीले उत्कष्ट महिला गायिकाको अवार्ड पाइन् । उता अभिनेता सौगात मल्लले ‘लुट’बाट पपुलर कलाकारको अवार्ड पाए भने चलचित्र ‘सायद’को निर्देशक सुरज सुब्बा नाल्बोले जुरी अवार्ड पाए ।

प्रतिक्रिया