Bisal Chautari Logo

दिल्लीमा उपचार गराइरहेका श्रीकृष्णलाई संझिएर प्रेसमिटमै आकाश अधिकारी भक्कानिए

- ११ श्रावण २०७१, आईतवार १५:१९ मा प्रकाशित


shree krishna shrestha and akash adhikari movie kohinoor
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, १० शनिबार । नेपाली चलचित्र क्षेत्रमा छुटै स्थान बनाएका चर्चित निर्देशक आकाश अधिकारी एक प्रेम मिटमा भक्कानिएका छन् । दिल्लीमा उपचार गराइरहेका चलचित्र ‘कोहिनुर’का अभिनेता श्रीकृष्ण श्रेष्ठलाई सम्झिएर भक्कानिएका हुन् ।shree krishna shrestha and akash adhikari movie kohinoor (1)
चलचित्र ‘कोहिनुर’को पत्रकार सम्मेलनमा बोल्दा बोल्दै एकाएक भावुक भए, अनी आखाबाट आशु खस्यो र मुखबाट बोली निस्किन सकेन । यस चलचित्रको सुरुवातीदेखी नै हरेक काम एकासाथ गर्दै आएको यो जोडीले पत्रकार सम्मेलनमा सँगै उपस्थित हुन नपाएपछि चलचित्रका निर्देशक आकाश भक्कानिएका हुन् । अभिनेता श्रीकृष्ण श्रेष्ठ अहिले घाटीमा समस्या आएपछि दिल्लीमा उपचारको क्रममा रहेका छन्, भने उनको साथमा चलचित्रकी अभिनेत्री एवं धर्मपत्नी स्वेता खड्का दिल्लिमै छिन् । shree krishna shrestha and akash adhikari movie kohinoor (2)
साउन २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कोहिनुर’को प्रदर्शनको समयमा अभिनेता तथा अभिनेत्री नै नेपाल बाहिर भएपछि सिनेमाको निर्माणपक्ष केही तनावमा रहेको छ । पत्रकार सम्मेलनमापनि सिनेमाको बारेमा भन्दाबढी अभिनेता श्रीकृष्ण श्रेष्ठको स्वास्थ्य लाभको कामना गरिएको थियो । उपचारपछी अर्को साता नै श्रीकृष्ण र स्वेता नेपाल र्फकने निर्माण युनिटले बताएको छ ।
१ करोड भन्दा माथिको बजेटमा तयार भएको यो सिनेमामा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीतहरु रहेको छ । चलचित्रले नेपाल भारतमा हुने चेलिबेटी बेचबिखनको कथालाई उठान गरेको छ । अभिनेता श्रेष्ठले ‘कहाँ भेटिएला’पछी दोश्रो सिनेमा ‘कोहिनुर’ बनाएका हुन् । विशाल चौतारीको तर्फबाट पनि अभिनेता श्रीकृष्ण श्रेष्ठलाई स्वास्थ्य लाभको कामना गर्दछ ।

प्रतिक्रिया