Bisal Chautari Logo

‘सिमसिमे पानी’ गायिका रेखा फाउण्डेसनद्धरा समाजसेवामा || विद्यालय र हेल्प नेपाललाई सहयोग

- १० श्रावण २०७१, शनिबार ११:०५ मा प्रकाशित


Rekha Shah foundation
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, १० शनिबार । चचिर्त गीत ‘सिमसिमे पानीमा’ नसुन्ने नेपालीहरु कमै होलान् । अनी सो गीत सुन्ने मानिसहरुले गायिका रेखा शाहलाई नचिन्ने कुरै भएन । सोही चर्चित गायिका शाहले आफ्नो नामको ‘रेखा शाह फाउण्डेसन’ स्थापना गरेर सामाजिक काममा लागकी छिन् । उनले गत बिहीबार राजधानीमा एक औपचारीक कार्यक्रमको आयोजना गरी संस्था गठनको जानकारी दिँदै गरीब र असहायलाई छात्रवृत्ती स्वरुप दुई विद्यालय र एक सामाजिक संस्थालाई रकम पनि हस्तान्तरण गरेकी छिन् ।Rekha Shah foundation
गायिका रेखाले निजी तवरबाट दुई सामुदायिक विद्यालय कान्ति इश्वरी राज्यलक्ष्मी माध्यमिक विद्यालय गणेशस्थान र कन्या मन्दिर उच्च मावि क्षेत्रपाटीमा अध्ययन गर्ने १०–१० जना गरीब तथा जेहेन्दार बालबालिकाको एक वर्षको सम्पूर्ण शैक्षिक खर्च वापत लाग्ने शुल्क स्वरुप एक लाख ३ हजार २ सय १० रुपैयाँ प्रदान गरिन् । त्यस्तै बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउँदै आएको परोपकारी संस्था ‘हेल्प नेपाल नेटवर्क’लाई ११ हजार १ सय ११ रुपैंयाँ हस्तान्तरण गरेकी थिइन् ।
रकम हस्तानन्तरण कार्यक्रममा बोल्दै गायिका रेखा शाहले आफुपनि मध्यम वर्गीय परिवारमा जन्मिएकाले पढाईमा निकै संघर्ष गर्नुपरेको बताइन् । रेखाले भनिन्,‘विद्यालयमा म एक्लो महिला विद्यार्थी थिएँ, त्यसकारण पनि मैले विशेष छात्राहरुले राम्रो शिक्षादिक्षा पाउन भनेर विद्यालय तथा संस्थालाई सहयोग गरेकी हुँ’, गायिका शाहले बताइन् । उनले फाउण्डेसनलाई आथिर्क सहयोग जुटाउन आफुले चाँडै नै सांगीतिक समूह सुरसुधासँग सहकार्य गर्दै विश्व भ्रमण गर्ने र त्यसको शुरुवात जापानबाट हुने जानकारी दिईन् । त्यस्तै फाउण्डेसनमार्फत नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिने स्रष्टा, गीतकार, संगीतकार, गायक र गायिकालाई सहयोग र सम्मानसमेत गर्ने योजना रहेको छ ।
त्यस्तै हेल्प नेपाल नेटवर्कका संस्थापक तथा बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले एउटा महिला पब्लिक फिगर भएको गायिकाले संस्था खोलेर अन्य समाजका महिला बालबालीकाको लागि काम गर्नु खुशीको कुरा भएको बताए । मिश्रले भने–‘ मानौ:– एउटा पब्लिकले यो किसिमको काम गर्‍यो भने ६ वर्ष लाग्न सक्छ तर एउटा पब्लिक फिगरले यस्ता किसिमका सामाजिक कामहरु गर्‍यो भने छिटै चर्चा भएर एक वर्षमै सम्भव हुन्छ । मलाई लाग्छ गायिका रेखाले जस्तै अन्य पब्लिक फिगरहरुले यस्तै किसिमको काम गर्न जरुरी छ’, मिश्रले बताए । कार्यक्रममा छात्रावृद्धी पाउने स्कुलका प्रिन्सिपलहरुलेपनि बोलेका थिए ।

प्रतिक्रिया