Bisal Chautari Logo

शाहरुख र जोनको फिल्म एकैदिन रिलिज हुने, अमिरले सारे रिलिज डेट

- १९ माघ २०७०, आईतवार १४:३७ मा प्रकाशित


मुम्बई : अभिनेता अमिर खानको पछिल्लो चलचित्र ‘पीके’को रिलिज डेट जुनमा छाडेर क्रिसमसमा रिलिज गर्ने भएका छन् । तर अभिनेता साहरुख खानको ‘ह्याप्पी न्यु इयर’ र अभिनेता जोन अब्राहमको ‘वेलकम बैंक’ नामक चलचित्र बिच टक्कर हुने भएको छ । यी दुई अभिनेताको चलचित्र एकैसाथ दिपावलीको दिन एकै साथ रिलिज हुने योजना बनाइएको छ ।
अभिनेता शाहरुख खानले २०१२को दीपावलीमा अभिनेता अजय देवगनको चलचित्र ‘सन अफ सरदार’संग एकैसाथ रिलिज गर्दा यि दुई अभिनेतासंगै यशराज, शाहरुख, र काजोल बिचको सम्वन्ध टुटेको थियो ।
अभिनेता अमिर खानले यस सालको पुरा फिल्म रिलिजको टाइम टेवल बदल्दिएको छ । एक महिना पहिला अभिनेता अमिरको चलचित्र ‘पीके’ जुन को पहिलो हप्ता नै रिलिज डेट तयार गरेका थिए । तर उनले आफ्नो चलचित्रलाई सन् २०१४ को डेट लक गरिदिएका छन् ।

प्रतिक्रिया