Bisal Chautari Logo

५५ लाख बिजेता फिल्म, ‘कालो पोथी’ १ करोड बढि लगानिमा बन्ने

- १९ माघ २०७०, आईतवार १५:५९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, १९ माघ ।
मीनबहादुर भामले निर्देशन गर्न लागेको नेपाली फिचर फिल्म ‘कालो पोथी’को निर्माण बारेमा औपचारीक घोषणा गरेको छ । काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र बन्ने बारेमा जानकारी दिइएको थियो ।
केही समय अगाडी चलचित्र ‘कालो पोथी’ले स्वीजरल्याण्डको प्रतिष्ठित फन्ड ‘फिजन सुद’ स्वरुप चलचित्र बनाउनको लागी नेपाली रुपैया करिव ५५ लाख प्राप्त गरेको छ । विभिन्न देशका सयभन्दा बढि आवेदकहरु मध्येबाट चलचित्र ‘कालो पोथी’सहित अन्य सात चलचित्रले ५० हजार स्विस फ्याङ्क हात पारेका थिए । उक्त स्विस फन्ड पाउने पहिलो चलचित्रपनि ‘कालो पोथी’ नै हो । चलचित्रले यती राम्रो पुरस्कार पाउनु भनेको ‘कालो पोथी’ले वास्तविक र औपचारीक अन्तराष्ट्रिय रिलिज हुने अवसर पाउनुपनि रहेको बन्न लागेको चलचित्रका निमार्ण प्रोडक्सन छिरीङरितार शेर्पाले बताए । 
कार्यक्रममा बोल्दै मीनबहादुरले फिल्मले पाएको रकम अहिले ६० प्रतिसत पाउने अनी चलचित्र पुरै बनिसकेपछी ४० प्रतिसत बाकी रकमपनि दिने बताए । चलचित्रको बारेमा बोल्दै मीनबहादुरले आफ्नो चलचित्रलाइ छुट्टै ध्रुव झै नमान्न सबैलाई आग्रह गरे । फिल्म दुर्गम गाउँका दुइ कलिला केटाहरुले लिएको समान लक्ष्यमा ‘कालो पोथी’ आधारीत हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । फिल्मका पात्रहरुले भोग्ने हरेक घट्नाहरु मार्फत नेपालको ‘विविधतामा एकता’ चरित्र उजागर हुदै जाने क्रममा दृष्टिविन्दुबाट वर्णन गरिने कथा नेपालको दस वर्षे सशस्त्र युद्धकालको परिवेशमा उभिएको घट्ना क्रमहरुलाई समावेश गरीएको छ ।
मीनबहादुरको निर्देशकका रुपमा पहिलो फिचर फिल्म हुने ‘कालो पोथी’ निर्माणमा करिव १ करोड २० देखी २५ लाखको लगानी लाग्ने अनुमान गरीएको छिरिङरितार शेर्पाले बताए । चलचित्रमा नेपाली भाषापनि खासै प्रयोग नगरीएको र कर्णली तिर प्रयोग गरिने खस बासाहरु धेरै प्रयोग गरिएको निदेशक मीनले बताए । उनको सर्टफिल्म ‘बासुल्ली’ सन् २०१२को भेनिस फिल्म फेष्टिभलमा सहभागि भएको थियो । चलचित्रमा सहनिर्माताको रुपमा शुन्य फिल्मस्बाट देवकी राई रहने बताइएको छ ।

प्रतिक्रिया