Bisal Chautari Logo

चर्चा बटुल्दै ‘प्रोड्युसर’

- १९ माघ २०७०, आईतवार १६:२१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, १९ माघ ।
उपत्यका बाहिर १६ गते र उपत्यका भित्र गत १७ गतेबाट रिलिजमा आएको चलचित्र ‘प्रोड्युसर’ले सोचे अनुरुपको व्यावसाय नगरेपनि चर्चा भने कमाइ रहेको छ । १९ गते हिजो बिग सिनेमामा केहि चलचित्रकर्मी तथा पत्रकारहरुलाई चलचित्र देखाइएको थियो । सोहि अवसरमा चलचित्र वितरक छविराज ओझालेपनि पुरै चलचित्र हेरेका थिए । चलचित्र हेरीसकेपछी चलचित्र वितरक तथा निर्माता छविले चलचित्र ‘प्रोड्युसर’ हेरेपछी आफुलाई आफ्नै कथाव्याथा हेरे झै लागेको बताए । भने–‘चलचित्रको कथा नेपाली चलचित्र क्षेत्रकै रहेको छ, त्यो कथा नेपाली सिनेमालाई राम्रो संग बोलेको छ ।’ यस्तै चलचित्र हेर्ने चलचित्र पत्रकाहरुपनि चलचित्र राम्रो बनेको चलचित्रका प्रोड्युसर ज्योतिराज राईलाई बधाई दिइरहेका थिए । प्राय सबै चलचित्र हेर्न आएकाहरुले राम्रो चलचित्र किन चल्दैन भन्ने प्रश्न गरिरहेका थिए ।
शुक्रबारबाट राजधानीका पर्दामा प्रदर्शन भएको चलचित्र ‘प्रोड्युसर’ले तीन दिन सार्बजनिक बिदामा ठिकै कलेक्सन गरेको काठमाडौं वितरक सुनिल मानन्धरले बताए । राजकुमार राई निमिर्त चलचित्रले पूर्वका हलमा भने धेरै राम्रो व्यापार गरेको नरेन्द्र महर्जनले बताए । जनकदिप पराजुली निर्देशित ‘प्रोड्युसर’मा विल्सन विक्रम राई, बाबु बोगटी, श्याम अर्याल, श्वेता भट्टराई, श्याम राई लगायतको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया