Bisal Chautari Logo

एकल साँझमा उत्रदै देविका बन्दना

- ८ श्रावण २०७१, बिहीबार १५:०३ मा प्रकाशित


devidevika bandana ekal sanjh 2014-1ka bandana ekal sanjh 2014
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, ८ विहीबार । दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै शैलीको स्वरका कारण चर्चामा आएकी गायिका देविका बन्दनाले आगामी साउन १६ गते राजधानीमा एकल सााझ गर्ने भएकी छन् । एक वर्ष पहिले बुटवलमा एकल सााझ गरेकी देविकाले राजधानीको होटल र्‍याडिसनको भव्य सभाकक्षमा उपस्थित दर्जनौं दर्शकलाई ‘मेलोडी नाइट विथ देविका बन्दना’मार्फत मनोरञ्जन दिलाउनेछिन् ।
देविकाले चारवर्ष अघि पहिलोपटक अमेरिका र लण्डनमा एकल सााझ गरेकी थिईन् । ‘त्यो कार्यक्रममा मैले म्युजिक ट्रयाकमा गीत गाएको थिएा,’देविकाले भनिन्,‘यसपटक भने म पूर्ण रुपमा सांगीतिक व्याण्डको साथमा प्रस्तुत हुनेछु, बन्दनाबाट शुरु हुने कार्यक्रममा राष्ट्रिय गीत, शुभकामना गीत र आफ्ना चर्चित बेष्ट र फाष्ट ट्रयाकका गीतहरु प्रस्तुत गर्नेछु ।’ उनलाई युगल गायनमा विजेश पौडेल र छिरिङ भोटियाले साथ दिनेछन् । devika bandana ekal sanjh 2014
करिब डेढ घण्टासम्म चल्ने कार्यक्रममा उनले करिब १५ देखि १६ वटासम्म गीत गाउनेछिन् । ‘म ‘अच्छा लेकिन’, ‘भरे आउाछु सपनीमा’ ‘नेपाली माया चाहिन्छ’ सहित ‘यस्तै रहेछ यहााको चलन’लगायतका चर्चित गीत गाउनेछु,’ उनले थपिन्,‘सबै गीत गाउन नभ्याइने भएकाले पनि ती गीतलाई छोटो छोटो रुपमा प्रस्तुत गर्नेछु ।
देविकाले ‘हे मायालु तिमीलाई धेरै धेरै सम्झना’ बोलको गीतबाट गायन यात्रा शुरु गरे पनि उनी ‘ एउटा परदेशी’ र ‘यस्तै रहेछ यहााको चलन’ गीतबाट चर्चामा आएकी हुन् । फिल्म ‘कस्तुरी’मा रहेको ‘तिमीलाई मेरो यो आाखामा’ बोलको गीतबाट पाश्र्वगायन शुरु गरेकी उनले विभिन्न फिल्ममा हिट नम्बरमा गीत दिईसकेकी छन् । तर अहिले भने उनी फिल्मी गायनमा कमै सक्रिय छिन् । ‘देशको अवस्थाले फिल्म पनि कम बन्न थालेपछि एल्बमका गीतमा बढी समय दिन थालेकी छु ।’ देविकाले प्रष्ट्याइन् । उनको ‘आरती’ भिडियो भजन संग्रह हुादै ‘शुभकामना’ सम्म आइपुग्दा चौधवटा सोलो एल्बम श्रोतामाझ ल्याईसकेकी छन् । मन्त्र दिव्याले आयोजना गर्ने कार्यक्रमको व्यवस्थापन पार्टी फेष्टाले गर्नेछ ।

प्रतिक्रिया