Bisal Chautari Logo

गजितको जिवन साहारा ममता (भिडियो सहित)

- ७ श्रावण २०७१, बुधबार १६:५० मा प्रकाशित


Gajit Bista and Mamata Rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, ७ बुधवार । पछिल्लो समय नेपाली साङगीतिक क्षेत्रमा केही परिवर्तन अनी संगीतमै केही गरौँ भन्ने कलाकारहरुको आगमन दिननुदिन बढिरहेको छ । यस्तै क्रममा गायिका ममता राईपनि ‘ममता’ नामक एल्बम लिएर बजारमा आएकी छिन् । अहिलेका चचिर्त संगीतकार विनोद खम्बुको संगीतमा रहेको एल्बमको एक गीत ‘मेरो जिवन’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । Gajit Bista and Mamata Rai (1)
हाईलाइट्स नेपालद्धरा सार्वजनिक गरिएको म्युजिक भिडियोमा अभिनेता गजित बिष्ट र स्वयम गायिका ममताले मोड्लिङ गरेका छन् । म्युजिक भिडियोमा यी दुईको जोडी जमेको देख्न सकिन्छ । म्युजिक भिडियोलाई प्रदिप के निरौलाले निर्देशन गरेका हुन्, भने सिवराम श्रेष्ठले खिचेका हुन् । Gajit Bista and Mamata Rai (2)
पछिल्लो पुस्ताहरुलाई लक्षित गरि एल्बम तयार पारिएको एल्बमका संगीतकार विनोदले बताए । ५ गीत समावेश एल्बममा मेरो जिवनको ज्योती, मेरो मनमा बास, तुना मुना, तिम्रो मायाले र मत मायामा बोलको गीतहरु समावेश गरिएको छ । एल्बमको एक मेरो जिवनको ज्योतीले बोलको गीतमा संगीतकार खम्बुले स्वरपनि दिएका छन् । एल्बममा विनोद खम्बु, नरेश भट्टराई, अनिल थुलुङ, शंकर अधिकारी ‘घायल’को शब्द रहेको छ । एल्बमलाई कृपाले बजारमा ल्याएको हो ।

प्रतिक्रिया