Bisal Chautari Logo

खोटाङमा चार महिलाको श्रृंखलावद्ध हत्या र लुटपाटमा संलग्न एक युवा सार्वजनिक

- ७ श्रावण २०७१, बुधबार १६:०२ मा प्रकाशित


khotang news-killer
भिम राई
काठमाडौं, २०७१, श्रावन, ७ बुधवार । जिल्लामा श्रृंखलावद्ध हत्या र लुटपाटमा संलग्न एक युवालाई जिल्ला प्रहरी कार्यालय खोटाङले सार्वजनिक गरेको छ । खोटाङ, उदयपुर र सुनसरीका चार महिलाको गरगहना र नगद लुटपाट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका दिक्तेल नगरपालिका–५ बाम्राङका २७ वर्षीय गईन्द्र राईलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । khotang news-killer
गत असार–१९ गते माइती जाादै गरेकी विजयखर्क–३ का ४४ वर्षीय नर्वदा ढकालको हत्या गरी तीन तोला सुनको गरगहना, पााच हजार नगद र एक थान नोकिय मोबाईल लुटेको, असार–१० गते सुनसरीको इटहरी नगरपालिका–२ का ६५ वर्षीय जीतशोभा राईको गरगहना लुटपाट गरी हत्या गरेको, जेठ–२९ गते राती बाम्राङ–५ भैरमायाा राईको हत्या गरी ७ तोला सुनको गरगना र नगद ७ हजार लुटपाटमा संलग्न रहेको प्रमाणका आधारमा राईलाई पक्राउ गरिएको खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले जानकारी दिएका छन् । यस्तै, जेठ–७ गते उदयपुरको पोखरिय–८ की ६१ वर्षीय साबित्रा मगरको हत्या गर्नमा समेत राईको संलग्नता पूष्टि भएको प्रहरीले जनाएको छ ।
एकान्त स्थानमा हिाडडुल गर्ने महिलाको श्रृंखलावद्ध रुपमा हत्या गर्दै गरगहना लुटपाट गर्नमा संलग्न राईलाई प्रहरीले साउन–३ गते उदयपुरको त्रियुगा नगरपालिका–२ बाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले विजयखर्ककी नर्वदा ढकालको घााटी थिचेर हत्या गर्न प्रयोग गरेको साडी, थैली र फुटेको चुरा सहित सार्वजनिक गरेको छ ।
घटनामा संलग्न अन्य व्यक्तीहरुको पनि पहिचान भइसकेको र उनीहरुलाई चााडै पक्राउ गरिने प्रहरीले जनाएको छ । चार महिलाको हत्याको प्रकृति एकै किसिमको पाइएको प्रहरी नायब उपरिक्षक साहले पत्रकार सम्मेलन गरी बताएका छन् ।
२०६८ साल भदौमा खोटाङको रतन्छाकी एक महिलाको सुनको सिक्री लुटेपछि २३ महिना जेल जीवन बिताएर निस्किएका राईले त्यस यता लुटपाटकालागि महिलाको हत्या नै गर्ने गरेको पाइएको प्रहरी नायब उपरीक्षक साहले जानकारी दिए । लुटीसकेपछि ज्यूादो नछाड्ने रणनिती अपनाएको राई सहितको समुहले प्राय: गरगहना लगाएर एकान्त ठाउामा हिाड्ने महिलालाई तारो बनाएको भेटिएको प्रहरीले बताएको छ । महिलालाई लुटेर हत्या गर्ने गरेका कारण दोषीलाई पहिचान गर्न केही समस्या र ढिलाइ भएको साहले जनाएका छन् । यद्यपी प्रहरीको सक्रियताका कारण अपराधी फरार हुन नसक्ने गरी प्रहरी संजाल बनिसकेको पनि शाहको भनाई छ ।

प्रतिक्रिया