Bisal Chautari Logo

कथालयको दुई दिने कार्यशाला सम्पन्न

- २० माघ २०७०, सोमबार ०४:५९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २० माघ ।
कथालय प्रकाशनको आयोजनामा नगरकोटको चौतारी होटलमा गत शुक्रबार र शनिबार दुईदिने कार्यशाला सम्पन्न गरेको छ । करिब १५ बालसाहित्यकारहरुले उक्त अवधिमा भर्खरै पढ्न सुरु गरेका बालपाठकका लागि विभिन्न कथाहरु तयार गरेका थिए ।
उक्त कार्यशालामा बालसाहित्यकारहरु ध्रुव घिमिरले ‘बक्कु’, तेजप्रकाश श्रेष्ठले ‘कसले काट्यो’ र ‘लौ न नी’, कृष्णदीप सिग्देलले ‘जेब्रा क्रसिङ्ग’ र ‘तिहारको दक्षिणा’, शाश्वत पराजुलीले ‘खोई मेरो भोटो’, सौरभकिरण श्रेष्ठले ‘पिँ पिँ बाजा’ र ‘हामी गेडागुडी’, कार्तिकेय घिमिरेले ‘नयाँ पाहुना’ र ‘फलफूल सलाद’, येशु श्रेष्ठले ‘उफ, कस्तो गर्मी’ र ‘हराएको सियो’, राजेन्द्रभक्त जोशीले ‘हुर्रे’ र ‘खै त’, र ‘रोटी’, ललिता दोषीले ‘फाइदै फाइदा र एक दिन शहरमा, तारावदन श्रेष्ठले चटपट र सूरीलाई दुध, अनुराधा शर्माले ‘मेरो साथी गोल्डी’, शान्ता दाहालले थैली र बजार कथाको पाण्डुलीपि तयार पारेका लेखेका थिए । यस कार्यशालामा चित्रकारको रुपमा समित श्रेष्ठ र व्यवस्थापकको रुपमा कथालयबाट प्रभाकर जोशी सहभागी भएका थिए ।
कथालयका कार्यकारी अधिकृत राजिवधर जोशीले कथालयको बारेमा चर्चा तथा अगामी दिनहरुमा कथालयले लेखकहरुलाई लेख्नका लागि प्रेरित गर्न पर्ने जानकारी गराएका थिए । कथालय प्रकाशनले बालसाहित्य प्रकाशकका रुपमा एउटा बेग्लै परिचय बनाइसकेको छ । यस प्रकाशनले हालसम्म १०० का हाराहारीमा बालपुस्तक तथा प्रौढ पाठकका लागि पनि केही पुस्तक प्रकाशित गरिसकेको छ । आउँदो एक वर्षभित्र बाल तथा प्रौढ पाठकका लागि लगभग ५० पुस्तक प्रकाशित गर्ने योजना रहेका बारेमा कार्यकारी अधिकृत जोशीले बताएका छन् ।

प्रतिक्रिया