Bisal Chautari Logo

मिलन चाम्स निर्देशित चलचित्र ‘वर एण्ड बधु’को दोस्रो गीत सार्वजनिक

- १८ श्रावण २०८१, शुक्रबार १९:१२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ श्रावन १८ शुक्रवार ।
 एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘वर एण्ड बधु’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ ।
बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी यो गीतमा प्रस्तुत गरिएको छ । राजेश पायल राई र मेलिना राइको स्वर, अर्जुन पोखरेलको संगीत, मुक्ता उदासको शब्द यो गीतमा छ ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरु आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बिजय लामा, रविन्द्र खड्का, श्रृष्टी खड्का, कुसुम शर्मा, अंशु महर्जन, विजु पार्की र गरिमा शर्मालाई फिचरिङ गरिएको छ ।
गीतमा सबै कलाकारहरुले निकै जोसिलो नृत्य गरेका छन् ।
मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रमा जानुका थापाको लगानी छ । अमृत रिजाल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा सुदीप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ ।

चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । यो चलचित्रको पहिलो गीत ‘तिमी सँग’ले दर्शकको साथ पाइरहेको छ । सार्वजनिक दोस्रो गीतले पनि दर्शकको माया पाउने विश्वास गर्न सकिन्छ ।
यो चलचित्रमा आँचल शर्मा, विवेक कर्माचार्य, विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको अभिनय छ । भदौको १४ गतेबाट यो चलचित्र विश्व बजारमा एकसाथ रिलिज हुँदैछ ।

प्रतिक्रिया