Bisal Chautari Logo

प्रियंका चोपडाको गुरु सुनिल थापा (फोटो फिचर तथा भिडियो सहित)

- ७ श्रावण २०७१, बुधबार ११:०३ मा प्रकाशित


Priyanka Chopra and sunil thapa | Mary Kom
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, ७ बुधवार । छिमेकी देश भारतको चलचित्र उद्योग बलिउड दिनदिनै विश्व चलचित्र उद्योगसामु टक्कर दिदै गइरहेको छ । धेरै कलाकारहरु बलिउडमा अभिनय गर्ने सोचले अगाडी बढिरहेका हुन्छन् । त्यो सपना नेपाली कलाकारहरुलाई पनि नहुने कुरै छैन । तर सफल भने एका दुई कलाकारहरु हुन्छन् । यस्तै क्रममा अभिनेत्री मनिषा कोइरालापछि बलिउड उद्योगमा आफ्नो दरिलो उपस्थिती जनाउने अर्का नेपाली अभिनेता सुनिल थापा नै हुन् । अभिनेता सुनिल थापाले मुख्य भूमिका निभाएको चलचित्र ‘मेरी कोम’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सुनिल थापा र अभिनेत्री प्रियंका चोपडालाई मुख्य भूमिकामा देख्न सकिन्छ ।Priyanka Chopra and sunil thapa  Mary Kom (1)
चलचित्रमा अभिनेता सुनिल थापाले अभिनेत्री प्रियंका चोपडाको गुरुको भुमिका निभाएक छिन् । भारतकी चचिर्त बक्सर मेरी कोमको जीवनीमा आधारित यो सिनेमाको सार्वजनिक करिब साढे २ मिनेट लामो ट्रेलरमा अभिनेता सुनिल थापाको भूमिका बढि रहेको छ । भन्साली ब्यानरमा निर्माण भएको यो सिनेमा सेप्टेम्बर महिनामा प्रदर्शनमा आउँदैछ ।
फोटो फिचर हेर्नुहोस् ।

[gss ids=”4671,4678,4677,4676,4675,4674,4673,4672,4670,4669,4668,4667,4666,4665″]

प्रतिक्रिया