Bisal Chautari Logo

शेक्सपियरको नाटक काठमाण्डौमा मञ्चन

- २० माघ २०७०, सोमबार १७:१५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २० माघ ।
विश्व चर्चित अमेरिकी नाटककार विलियम शेक्सपियरको विश्व प्रसिद्ध नाटक ‘अ मिड समर नाईट्स ड्रिम’ मञ्चन गरिएको छ । काठमाण्डौको नयाँ बानेश्वर स्थित एस उच्च मावीमा अध्ययनरत विद्यार्थीहरुले राष्ट्रिय नाचघरको प्रेक्षालयमा नाटक मञ्चन गरेका हुन् ।

स्कुलका विद्यार्थीहरुले अभिनय गरेको यस नाटक हेर्न दर्शकहरुको बाक्लो उपस्थितीपनि रहेको थियो । कलेजले आफ्नो बाषिर्क कार्यक्रम अन्तर्गत बिद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गराउन कार्यक्रमको आयोजना गरिरएको कलेजका एक शिक्षकले बताए । शेक्सपियरले यो ‘कमेडी’ नाटक सन्् १९९४ मा लेखेका थिए । प्रेम विश्वव्यापी यथार्थता भएतापनि कहिलेकाहीं घातक र मूर्खतापूर्ण समेत हुन सक्छ भन्ने सन्देश कलाकारले आफ्नो कला मार्फत छर्लङग पर्न खाजेका छन् ।

प्रतिक्रिया